Aamsanchar

सुरुङ्गामा १५ शैयाको अस्पताल निर्माण

Author Image
शनिवार, चैत ३०, २०७५

झापा ।

झापाको सुरुङ्गामा १५ शैयाको अस्पताल निर्माण भएको छ ।

सरकारी लगानीमा तयार गरिएको यो नगरकै पहिलो अस्पताल हो । प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गालाई १५ शैयाको अस्पतालमा रुपान्तरण गर्ने सरकारको तायारीसंगै भ्याट बाहेक ५ करोड ५२ लाख रुपैयाको लागतमा अस्पताल सञ्चालनका लागि भवन तयार गरिएको हो ।

नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको पाँच करोड ५२ लाख ५८ हजार २ सय ३९ रुपैंया ८७ को लागतमा अस्पतालको भवन निर्मणका लागि दि कञ्चनजंघा/ कञ्चनजंघा जेभी काठमाण्डौलाई ठेक्का दिएको थियो ।

२०७२ साल चैत्र १२ गते सुरु भएको र वैशाख पहिलो साता भित्र भवन स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिने निर्माण व्यवसायी जनकराज तिमल्सिनाले बताउनुभयो । स्थानीय तहमा एक अस्पतालको सरकारी अवधारणा अनुरुप कनकाई नगरपालिका – ३ स्थित सुरुङ्गामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला स्तरको अस्पतालको रुपमा संचालनमा ल्याउँने तयारी भएसंगै अस्पतालको भवन निर्माण भएको हो ।

अस्पताल संचालनका लागि सुविधा सम्पन्न भौतिक पूर्वाधार तयारी हुनुका साथै आवश्यक मापदण्ड पूरा गर्नु पर्ने भएकाले अस्पतालका लागि भौतिक संरचाना निर्माण सम्पन्न भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 365

प्रतिक्रिया (०)

सम्बन्धित खबर