Aamsanchar

नयाँ बर्षको स्वागतमा मैत्रीपूर्ण फुटवल खेल सम्पन्न

Author Image
शनिवार, चैत ३०, २०७५

चारपाने, चैत्र ३० । नयाँ बर्ष २०७६ को अवसरमा शान्ति, एकता, मित्रताको सन्देश र एक आपसी भाईचाराको सम्बन्धलाई प्रगाड बनाउने उदेश्यले झापाको विर्तामोडमा मैत्रीपूर्ण फुटवल सम्पन्न भएको छ ।

मेची मार्केटिङ एसोसिएसनको आयोजनामा भएको फुटवल खेलमा आयोजक र मदिरा व्यवसायी संघ झापा विच खेल भएको थियो । खेलमा मेची मार्केटिङएसोसिएसनको टिमले मदिरा व्यवसायी संघ झापालाई २ का विरुद्ध ४ गोल लगाएर मेची मार्केटिङ प्रथम भएको छ ।

मेची मार्केटिङ एसोसिएसनका अध्यक्ष हेमन्त मिश्रको अध्यक्षता र मदिरा व्यवसायी संघ झापाका अध्यक्ष प्रकास बास्तोलाको संयोजकत्वमा भएको कार्यक्रमा प्रमुख अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, विशेष अतिथिमा बिर्तामोड रेडक्रसका सभापती सजेश शिवकोटी, अतिथिमा मेची मार्केटिङ एसोसिएसनका संस्थापक अध्यक्ष यम कार्की, नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई लगायतको आथित्य रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर