Aamsanchar

दमकमा लिम्बुवान मञ्च

Author Image
शनिवार, भदौ ४, २०७३
limbuwan
दमक ।
संघीय लिम्बुवान मञ्च, नेपाल दमक वडा नं. १० को वडा कमिटी गठन भएको छ । मञ्चको उपमहासचिव दिल कुमार लावतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३३ सदस्यीय कमिटी गठन भएको छ ।
पहिचानको आधारमा लिम्बुवान सहित १० प्रान्त कायम गरौं भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा मञ्चका सचिवहरु मोहन वेघा, हरिदेवी राई, सचिवालय सदस्य धनराज सुब्बा र केन्द्रीय सदस्यहरु हेम चेम्जोङ र नारायण वेघाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
दास माया सुब्बाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षहरुमा राज कुमार चौधरी, मेनुका धिमाल, इन्द्र रायमाझी, सचिव किरण वेघा त्यसैगरी सदस्यहरुमा मनकुमारी वेघा (मनुषा), नन्द धिमाल, अभिशेष परियार, निर्मला मादेन, राज कुमारी चेम्जोङ, माया वनेम, पुर्णिमा मादेन, तागेरा लिम्बु, बाबा लिम्बु, जुनिता योङहाङ,  नन्द पन्धाक, सुस्मीता राई, सञ्जु लिम्बु, सुलोचना बेघा, लक्षीमा लिम्बु, शान्ता लिम्बु, मनुका लिम्बु, युना लिम्बु, ललित बहादुर लिम्बु, भिम लिम्बु, दिपक मादेन, महेन्द्र थापा, खगेन्द्र लिम्बु, खास लिम्बु, अमृत आङदेम्बे र दिपक खतिवडा रहेका छन् भने सल्लाहकारमा रणध्वोज वनेम रहनुभएको छ ।
कार्यक्रमको अध्यक्षता लिम्बुवान मञ्च नेपालका के. तथा पूर्व नगर अध्यक्ष लिला थापा मगरले गरेका थिए भने संचालन सचिवालय सदस्य मेरीङ योङहाङ्ले गरेका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर