Aamsanchar

शनिबारको दिन घरमा भुलेर पनि ल्याउनु नहुने यी ५ कुरा बारे जानीराखौं

Author Image
शनिवार, वैशाख ७, २०७६

हाम्रो नेपाली समाजमा थुप्रै मूल्य मान्यताहरू रहेका छन् र त्यस्ता कतिपय मान्यताहरू हामी चाहेर पनि नकार्न सक्दैनौ । हाम्रा पूर्वजहरूले मान्दै आएका कतिपय कुराहरू शनिबारसँग पनि जोडिएका छन् ।शनिदेवमाथि नराम्रो असर नपरोस् भनी हाम्रा पूर्वजहरूले थुप्रै नियम बनाएका छन् ।

ज्योतिषका अनुसार शनिको असरबाट बच्नका लागि यस्ता मान्यताहरू छन् जसलाई शनिबारका दिन हामीले गर्नुहुँदैन ।

तेल : तेललाई शनिको अतिप्रिय मानिन्छ र शनिबार तेल दान गर्नुपर्ने हुन्छ । यस दिन तेल घरमा ल्याउँदा घरमा गरिबी र रोग निम्तिने गर्दछ ।

जुत्ता : शनिलाई खुट्टाको कारक ग्रह मानिएको छ । यसकारण शनिबार जुत्ता खरिद नगर्दा राम्रो । यस दिन जुत्ता खरिद गर्दा रोगको सामना गर्नुपर्ने मान्यता रहेको छ ।

अन्न : शनिबार अन्न पिस्न नदिनुहोस् र यसको खरिद पनि नगर्नुहोस् । यसो गर्दा परिवारमा कलह रहिरहन्छ र शनिबार पिनेको पिठोले घरमा गरिबी निम्त्याउने मान्यता छ ।

शनिदेवलाई प्रसन्न गर्नका लागि शनिबार गर्नुहोस् यी उपाय, पूरा हुनेछ मनोकामना

नुन : घरका लागि सर–सामान किन्दै हुनुहुन्छ भने शनिबारको दिन नुन किन्नबाट बच्नुहोस् । शनिबार नुनको खरिद गर्दा घरमा ऋण लाग्ने बताइन्छ ।

फलाम : शनिबार फलामले बनेको सामान खरिद गर्नु हुँदैन । फलामलाई शनिको धातु मानिन्छ । यस दिन फलामको दानको महत्व छ । यस दिन फलाम खरिद गर्दा शनिदेव रिसाउने मान्यता रहिआएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 275

प्रतिक्रिया (०)

सम्बन्धित खबर