Aamsanchar

कनकाई कोटीहोममा दत्त प्यानल विजयी

Author Image
आइतवार, वैशाख ८, २०७६

सुरुङ्गा, बैशाख ८ । कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमको कार्यसमितिका लागि बैशाख ६ गते सम्पन्न निर्वाचनमा नबलकिशोर दत्तको प्यानल विजयी भएको छ ।

दत्त अध्यक्ष पदमा ७ सय ५० मत ल्याई विजयी भए भने उनका प्रतिष्पर्धी गंगाराम दाहालले ५ सय २३ मत मात्र प्राप्त गरे । दत्तको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद ओली (७२२), धार्मिक उपाध्यक्षमा टंकप्रसाद सुवेदी (६९६), पर्यटन उपाध्यक्षमा दीननाथ खतिवडा ‘दिनेश’ (७२५), महासचिवमा डिल्लीराम बाराकोटी (७३८), सचिवमा अम्बिका खरेल (६४२) र कोषाध्यक्षमा नरेन्द्रप्रसाद फुयाँल (७४४) मतसहित विजयी भए ।

दाहाल प्यानलबाट उम्मेद्वारी दिएका वरिष्ठ उपाध्यक्षमा नारायण पोखरेल (५४४), धार्मिक उपाध्यक्षमा कविन्द्र संग्रौला (५५४), पर्यटन उपाध्यक्षमा रामप्रसाद अधिकारी (५३२), महासचिवमा रेणुप्रसाद कडेल (५१९), सचिवमा रमेशप्रसाद संग्रौला (५९५) र कोषाध्यक्षमा रमेश शेर्पा (४७६) मतसहित पराजित भए ।

त्यसै गरी, सदस्यहरुमा समेत दत्त प्यानलकै सबै उम्मेद्वारहरु बिजयी भएका छन् । जसमा भानुभक्त नेपाल (६६२), सोमनाथ खतिवडा (६३७), खड्गप्रसाद प्रसाई (६४७), मनोजप्रसाद शिवाकोटी (६५३), गणेशप्रसाद कडरिया (६३६), टीकाराम प्रसाई (६५०), ईश्वरा थापा (६५६), खगेन्द्र अधिकारी (६४४), खेम शिवाकोटी (६७४) गोविन्द चापागाई (६६६), रघुनाथ भट्टराई (६८०) चन्द्रप्रसाद भेट्वाल (६५६), श्रीप्रसाद खरेल (६८०), टीका अधिकारी (६५२), दलबहादुर विश्वकर्मा (६१७), गीता चौहान (६६६), खेमनाथ खत्री (६४४) सबै विजयी भएका छन् ।

यता सदस्यहरुमा पराजित हुनेहरुमा मोहन राजवंशी (४७६), चन्द्रप्रसाद रिजाल (५३८) मानबहादुर पौडेल (५१३), छत्रबहादुर कार्की (५२३), निलम ढकाल (५१९), पुरुषोत्तम ढकाल (५१८), हरिप्रसाद सेढाई (५०८), रामनाथ ढकाल (४८७), गणेशप्रसाद पोखरेल(५०७), कैलासमान दर्जी (४६८), गोमादेवी सिटौला (५१३), गीतादेवी भेट्वाल (५१९), गीता उप्रेती (४८०), मीनाकुमारी पाठक (५०२) र देवीकुमारी शिवाकोटी (४९६) मतसहित पराजित भए । यसै गरी स्वतन्त्र उम्मेद्वारी दिने सुदर्शन दाहाल (९५), लीलाप्रसाद अधिकारी ( ८८) र गुरुप्रसाद निरौला (३७) मतसहित पराजित भए ।
निर्वाचन सम्पन्न गर्न टीकाकुमार पोखरेलको संयोजकत्वमा रमेश खतिवडा र इन्द्रबहादुर रोक्का रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । मतदाता संख्या १४ सय ४३ रहेकोमा १३ सय ७ मत खसेको थियो । कुल २७ पदमा ४९ जना वीच प्रतिष्पर्धा भएको थियो । दत्त नेतृत्वको साझा तथा संयुक्त प्यानललाई नेकपा र विवेकशील साझा पार्टीको समर्थन थियो भने दाहाल नेतृत्वको लोकतान्त्रिक प्यानललाई नेपाली कांग्रेस र राप्रपाको साथ रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर