Aamsanchar

समुन्नत समाज निर्माण अभियान स्वरुप प्रणामी युवाले गरे सचेतना कार्यक्रम

Author Image
आइतवार, वैशाख ८, २०७६

चारपाने, बैशाख ८ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश नं. १, जिल्ला कार्य समिति झापा, बिर्तामोड लगायत झापा जिल्लाका प्रारम्भिक समितिका युवाहरुले बिर्तामोडको मुक्तिचोकमा सचेतना कार्यक्रम सम्पन्न गरेका छन ।

२०४७ साल माघ १८ गते विधिवत रुपमा दर्ता भएको धार्मिक सामाजिक संस्था श्री कृष्ण प्रणामी युवा परिषद् नेपालले विबिध कल्याणकारी सेवामा समर्पित बनेर समाजमा धार्मिक, सामाजिक बिकास र कुरिति अनि जातिय, लैंगिक लगायत बिभिन्न बिभेदको बिरुद्दमा शसक्त आवाज उठाउंदै आएको छ ।
समाज र राष्ट्रको टाउको दुखाई बनेको लागु औषध, दुर्व्यसनमा फस्न सक्ने युवा हरुलाई आध्यात्मिक तथा क्षमता अभिबृद्धि का तालिमको माध्यमबाट सेवामा लाग्न अभिप्रेरित गराउदै आएको छ श्रीकृष्ण प्रणामी युवा परिषद ।

झापा जिल्लाको आयोजनामा विभिन्न प्रारम्भिक समितिमा आवद्ध युवाहरुलाई समेट्दै बिर्तामोडबाट जिल्लाका बिभिन्न क्षेत्रमा नियमित कार्यक्रम सहित दुर्व्यसन एवम् अहिंसा सचेतना अभियान कार्यक्रमको थालनी आज बिर्तामोड मुक्ति चोकबाट शुरु भएको हो ।
हत्या हिंसा र बलात्कार जस्ता जघन्य अपराध उन्मुख गराउने, मदिरा, तामसी खानाको बहिस्कार गरौं । मठ मन्दिर प्रेमको थलो हुन् भक्तिका पाठशाला हुन् बलिको नाममा अबोध प्राणीको हत्या गर्ने बधशाला नबनाऔं, शाकाहारी भोजन सेवन गरौं स्वस्थ रहौं जस्ता सन्देश उल्लेखित ब्यानर प्रदर्शन र पर्चा बितरण गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर