Aamsanchar

फुलन्देकी बोजुले हाफप्यान्ट र गुन्यौचोलीमा फोटोशूट गराउदा……

Author Image
मङ्गलवार, वैशाख १०, २०७६

हाल झापाको हल्दीबारी गाउँपालिका गोलधापमा जन्मिएकी पूर्वमा सञ्चार र कला क्षेत्रमा क्रियाशिल रहदै आफूलाई आम नारीहरु भन्दा अलि पृथक शैली बनाएर समाजमा स्थापित भएको नाम हो फुलन्देकी मित बोजु । यो नाम कलाकारिताको क्षेत्रमा जनमानसमा चिरपरिचित बन्न सफल नाम हो । बोजु नाम हाउभाउ र बोली बचन मात्रमा सिमित छैन उनै बोजु अर्थात शिला उप्रेती प्रतिभा ।


२०६२ सालदेखि झापाको विर्तामोडमा रहेको विवेचना दैनिकवाट संचारयात्रा तय गरेर आउदै गर्दा बिराट एफएफमा बोजु संगको कुराकानी कार्यक्रम संचालन गरेर हाल बिर्तामोडमै रहेको सूर्योदय टेलिभिजनमा बोजुको बलेसी कार्यक्रममा प्रस्तोता भएर विभिन्न समसमायिक विषयमा लिम्बुनी बोजुकै शैली र लयमा संचालन भएको कार्यक्रम बोजुको बलेसी धेरै दर्शकले मनपराएको कार्यक्रमा पर्छ ।


कलाकारिताका क्षेत्रहरु अभिनय, गायन, नृत्य, व्याग्य लगायत विभिद विषय मार्फत दर्शकलाई मनोरञ्जन दिदै आएकी शिलाले मोडलिंकको यात्रा पनि सुरु गरेर उनी सिमित क्षेत्रमामा मात्र छैनन भन्ने उदाहरण दिएकी छिन ।
गोलधापको नुनथला प्रावीवाट शिक्षा आरम्भ पछी विर्तामोडको चिल्ड्रेन गार्डेन, काकारभिट्टाको नर्थप्ईन्ट, बिर्तामोडकै बिराटज्योतीबाट स्कुल शिक्षा हासिल गरेपछि भद्रपुर क्याम्पसमा बिए सम्म अध्ययन गरेकी छिन ।


उनि भन्छिन समाजमा धेरै नारीहरु एक आपसमा अरुका कुराकाटेर रमाई रहेका हुन्छन तिनिहरुमा सकारात्मक सोच भने पटक्के नभएको पाएको छु, त्यस्ता कयौ नारीहरु आफ्नो अमुल्य जीवन अरुको कुरा गरेर विताई रहेकोमा म चै केही गरेर समाज र ति जस्ता नारीलाई सकारात्मक बाटो तर्फ अघी बढाउन सञ्चार र कला क्षेत्रलाई रोजेर सक्रिय बन्दै आएको छु ।
हरेक व्यक्तिलाई घरदेखि बाहिर कुनैपनी पेशा वा समाज सेवाको कामगर्न परिवारको सहयोग अपरिहार्य हुन्छ त्यस्तै शिलाले परिवारले पनि पुर्ण साथ पाएकोे बताउछिन । उनी गर्वका साथ भन्छिन मलाई यो समाज र दुनियामा लाग्न र रमाउन श्रीमानको मुख्य प्रेरणा रहदै आएको छ उहा“ मेरोलागि आईडल हो ।

मोडल : शिला उप्रेती ( बोजु )

फोटो : बिनोद पाण्डे/आमसंचार

श्रृगार : दिपा सिराल

प्रकास संयोजन : लक्ष्मी सिटौला/नेशनल भिजन

लोकेशन : सालबाडी सिमसार क्षेत्र

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 364

प्रतिक्रिया (०)

सम्बन्धित खबर