Aamsanchar

आजको राशिफल / वि.सं. २०७६ वैशाख ११ गते बुधबार

Author Image
बुधवार, वैशाख ११, २०७६

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । पारिवारिक सम्बन्धमा आत्मीयता बढ्ने छ । जीवनसाथी वा बालबच्चासँग भावना बुझ्ने प्रयास हुनेछन् । अभिभावक वा इष्टमित्रको शुभकामना र सहयोग प्राप्त हुनेछ । प्रयास गरेका काममा शुभफल प्राप्त हुनेछ । गरेका काममा भाग्यले साथ दिनेछ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा रुचि बढ्ने छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आस मारेको काम पनि पूरा गर्ने साहस र हिम्मत पलाउने छ । विगतको परिश्रमको समुचित मूल्याङ्कन हुनेछ । नसोचेको ठाउँबाट आर्थिक लाभ हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आज झिनामसिना समस्याको सामना गर्दै निरन्तरको लगनशीलता र संघर्षपछि सफलता प्राप्त हुने दिन हो । चन्द्रमा अनिष्ट भए पनि राशिमा परेको राम्रा ग्रहको प्रभावले स्वास्थ्यमा सुधार आउने छ । सानोतिनो समस्याले तपाईंको उत्साहमा कमी ल्याउने छैन । नयाँ काम थाल्दा व्यवहारिक लाभ पुग्नेछ । तपार्इंको व्यक्तिगत दृष्टिकोणले दूरगामी सकारात्मक परिणाम प्रदान गर्नेछ । दानपुण्यप्रति आकर्षित बन्नुहोला । झैझगडा र मुद्दामामिलाबाट फाइदा नै हुनेछ । आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

मायाप्रेम, रतिराग र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको सहयोग मिल्नेछ । समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । परिवारजन र आफन्तजनसँग आत्मीय सम्बन्ध कायम हुनेछ, तपाईंका विचार र भावनामा उनीहरू सकारात्मक देखिने छन् । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । साझेदारीमा गरिएको व्यवसायबाट लाभ लिन सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । मनमा शान्तिको अनुभूति हुनेछ । सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन आकर्षित हुनेछ । घरायसी समस्या समाधान गर्न सकिने छ । माया र प्रेमको वातावरण तैयार हुनेछ । तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट लाभ मिल्नेछ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । दूरदराजको यात्राको सम्भावना छ । वैदेशिक प्रयोजनका लागि गरिएको प्रयास सार्थक हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

प्राज्ञिक, बौद्धिक र लेखनकार्यमा मिहिनेत गर्ने विचार आउने छ । सन्तति वा भाइबहिनीका समस्या हल गर्न केन्द्रित हुनु पर्नेछ र तिनको शिक्षादीक्षा र भविष्यका बारेमा घोत्लिन बाध्य भइनेछ । इष्टमित्र र बन्धुबान्धवले तपाईंका सकारात्मक धारणालाई बढावा दिनेछन् । खानपान र मनोरञ्जनको अवसर पनि जुर्नेछ, तर पाचन प्रणालीमा आउन सक्ने खराबीले दिकदारी हुनसक्छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा धेरथोर समय दिइने छ । बौद्धिक र सृजनात्मक क्षमतामा आएको कमीले चिन्तित तुल्याउन सक्छ । मन भावुक र प्रेमिल बन्नाले गरेको काममा अवरोध हुने सम्भावना पनि छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादा र प्रतिष्ठाका लागि सङ्घर्ष गर्नुपर्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मनमा वैराग्य र निराशाका भाव सञ्चरण हुनसक्छन् । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, मित्र, सहयोगी र नातागोताको साथ पाइँदैन । निर्णायक क्षमतामा कमी आउने छ, त्यसैले कुनै नयाँ काम गर्नुछ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु राम्रो हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

सामाजिक काममा संलग्न हुनुपर्ला । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । आम्दानीमा कमी आउने छैन । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । धार्मिक÷सामाजिक काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । परोपकारी काममा दिलचस्पी बढ्न सक्छ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मेवा मिष्ठान्न र परिकार मिल्नेछ । प्रतिष्ठा बृद्धि गर्ने समय चल्दैछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

नचिताएको ठाउँबाट धनलाभको सङ्केत छ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आजको दिन राम्रो छ । यद्यपि क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा समेत राम्रो छ । मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । नौलो र रमणीय स्थानको यात्रा पनि हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

व्ययस्थानमा चन्द्रमा रहे पनि शुभ ग्रहको प्रभावले सरकारी, प्रशासनिक वा अड्डाअदालतमा विचाराधीन रहेका विषयबाट लाभ लिन सकिने छ । प्रेम सम्बन्धमा आएको तिक्तता हटाउने प्रयास हुनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । लामो दूरीको वा दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ । छिटो समाप्त हुने कुनै काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्य र संयम भई अघि बढ्दा सफल हुने दिन छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । पारमार्थिक वा सामाजिक काममा धनव्यय हुने सम्भावना पनि छ । बन्दव्यापारमा सामान्य छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । आम्दानीमा कमी आउने छैन । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक पक्ष सबल बन्नेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । उपहार प्राप्त हुने सम्भावना छ । स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । श्रममूलक काममा मन जानेछ । स्वास्थ्य सबल रहने छ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ ।-पूर्वेली न्यूजबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर