Aamsanchar

युक्रेन र नेपाली डिजेले झापामा धमाका मच्चाउने

Author Image
बिहिवार, वैशाख २६, २०७६

झापा, २६ वैशाख । येक्तेन मुभी प्रा.ली.को आयोजनामा झापाको बिर्तामोड र दमकमा डिजे वेट्फेस्ट २०१९ सजिन–२ हुने भएको छ ।

बिर्तामोडको हब्बी स्वीमिङ् पुलमा हुने कार्यक्रममा युक्रेनका डिजे लिनाटा, प्रख्यात नेपाली डिजे विद्यान, अर्पना त्यस्तै ¥यापरहरु सरकार र दंगाली बोइको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

कार्यक्रम दमकको कनकाई पार्टी प्यालेस्मा जेठ २५ र बिर्तामोडमा जेठ २७ गते दिउँसो २ बजेबाट सुरु हुने कार्यक्रमका संयोजक गोपाल येक्तेनले जानकारी दिए । दमकमा जेठ ४ र बिर्तामोडमा ६ गते हुने भनिएको कार्यक्रम प्राविधिक कारणले सारिएको संयोजक येक्तेनले बताए ।

कार्यक्रमको मिडिया पाट्नरको रुपमा आमसञ्चार डट कम, पुर्वाञ्ल दैनिक, सेल्फी टिभी र सजिलो खबर रहेका छन् भने कार्यक्रमलाई सिङ्गापुरे बेभरेज नेपाल, बिर्ता मिडिया, केटीएम जिन्स्, वेभ फेसन वेर, हिल्स् एण्ड टोस्, मिकफुङ कलेक्सन र इसुजीले सहयोग गरेका छन् ।

बिशेष गरि युवाहरुलाई तक्षित गरेर आयोजना गर्न लागिएको यो कार्यक्रमको लागि अहिलेबाटै टिकट खुल्ला गरेर र यस पटक गत बर्ष भन्दा विशेष व्यवस्थापनमा दर्शकलाई साँगितक कार्यक्रम हेराउन तिब्र तयारीमा आयोजक टिम लागि परिरहेको आयोजक संस्थाका गोपाल एक्तेनले बताएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 359

प्रतिक्रिया (०)