Aamsanchar

लोकतन्त्र खतरामा पर्ने : वरिष्ठ नेता पौडेल

Author Image
आइतवार, वैशाख २९, २०७६

उदयपुर : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको महाधिवेशन समयमै हुन नसके लोकतन्त्र खतरामा पर्ने सम्भावना रहेको बताए ।

नेपाल प्रेस युनियन उदयपुरले शुक्रबार गाईघाटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले काँग्रेसको महाधिवेशन भनेको लोकतन्त्रको आधारपनि भएकाले यहीँ प्रकृया रोकिए लोकतन्त्र खतरामा पर्ने र देशलाई नै अहित हुने संकेत दिए ।

काँग्रेस महाधिवेशन समयमा हुन सक्छ भन्ने जिज्ञासामा उनले पार्टी सभापति प्रष्ट वहुमतमा भएकाले यसै हो भन्न सक्ने अबश्था नरहेको तर समयमा महाधिवेशन नभए देशले ठूलै नोक्सानी व्यहोर्नु पर्ने बताए । उनले केपी ओलीको नेतृत्वको सरकारलाई इंगित गर्दै सरकार अवसरबाट चुकेको आरोप समेत लगाए । पत्रकार भेटघाटमा बोल्दै पौडे्लले कम्युनिष्ट सरकारले आफ्नो सत्तालाई टिकाई राख्ने राम्रो अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न नसकेको प्रष्ट पारे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)