Aamsanchar

‘भ्रष्टाचार मुद्दाको डरले सांसदहरु थर्थरी, लोकमान भने निष्फिक्री’

Author Image
आइतवार, भदौ ५, २०७३

काठमाडौँः

 

k|1f ejg sdnfbLdf cfof]lht ltt]lh/] ufOhfqf sfo{qmddf g]tfx?sf] gSsn …Sofl/s]r/Ú k|:t't ub}{ xf:o snfsf/x? . tl:a/ k|lbk jGt, /f;;

राजनीतिक दल र तिनका नेता केन्द्रित हुने नेपालको गाईजात्रा यो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसका प्रमुख आयुक्त लोकमानसिंह कार्कीप्रति केिन्द्रत भएका छन् । 

नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजदेखि सुरु भएको ‘तिते–जिरे गाईजात्रा महोत्सव’ मा यस वर्ष नेताभन्दा धेरै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई व्यङ्ग्य गरियो ।

हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले ‘अख्तियार अनुसन्धान प्रालि’ मार्फत उनको नक्कल गरेका थिए । केही समयअघि कार्कीलाई संसद्को सुशासन समितिले सुनुवाइका लागि बोलाउँदा नआएको कुरालाई प्रहसनमा समेटिएको छ । कार्कीले आफूहरुलाई पनि भ्रष्टाचारको मुद्दा लगाउने डरले सांसदहरु डराएको र उनी आफू भने निस्फिक्री रहेको त्यसमा देखाइएको छ ।

कार्यक्रमको मुख्य आकर्षणका रुपमा रहेको ‘तितो सत्य’ समूहको प्रहसन ‘अस्पताल’मा त झन् कार्कीलाई महाभियोग लगाएर हटाउनुपर्छ भन्दै अनशन बसेका प्रा डा गोविन्द केसीलाई देखाइएको छ । जसको अभिनय रमेश अधिकारीले गरेका छन् ।

त्यहाँ पनि अख्तियार र कार्कीको प्रशङ्ग बारम्बार उठ्छ । सोही क्रममा नक्कली डाक्टरको प्रशङ्ग पनि बारम्बार आउँछ । दीपकराज गिरीको नेतृत्वमा रहेको यो प्रहशनमा राजनीतिक घोचपेच नभएको होइन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र निवर्तमान प्रम केपी शर्मा ओलीको दोहोरीमार्फतको घोचपेज देख्न पाइन्छ । सो मुख्यतः सरकार परिवर्तनको विषय यसमा समावेश छ । प्रम दाहालको भूमिका निभाएका गिरीको अभिनयले दर्शक निरन्तर हसाउन सफल भएको छ भने ओलीको अभिनय गरेका ज्योति काफ्लेले पनि चरित्रमा न्याय गरेका छन् ।

यो प्रहशनमा दीपाश्री निरौला, रवि डङ्गोल, पूर्ण थापा, कुमार गजुरेल, आरपी भट्टराई आदि कलाकारको समेत अभिनय छ । त्यस्तै ‘जिरे खुर्सानी’ र ‘हाकाहाकी समूहको प्रहशनमा ‘मापसे’मा रक्सी खानेलाई जस्तै घुस खानेलाई पनि कारबाही गर्न अनुरोध गरिएको छ ।

यसमा जितु नेपाल, दमन रुपाखेती, शिवहरि बैरागी नेपाल, हिमा कोइराला, निरज नेपाल आदि कलाकारले अभिनय गरेका छन् ।

त्यसैगरी ‘ब्रेकफेल’ र ‘हाकाहाकी’ समूहको प्रस्तुति ‘म्यारिज ब्यूरो’मा चीन र भारत दुई छिमेकी देशसँगको प्रशङ्ग देखाइएको छ । जसमा शिवहरि पौडेल, किरण केसी, शिवशङ्कर रिजाल, सुरेन्द्र केसी, मनोज आचार्य, सविता गुरुङ, कविता शर्माको प्रहशन रहेको छ ।

साथै कार्यक्रममा टीका भण्डारीको वैदेशिक हस्तक्षेपविरुद्धको तथा यमन श्रेष्ठको नेताले देखाएका विकासका सपनाबारेको प्यारोडी गीतले पनि दर्शकलाई बाँधी राख्छ । महोत्सव यही भदौ १८ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर