Aamsanchar

बसपार्कमा स्वास्थ्य सूचना केन्द्र उद्घाटन

Author Image
मङ्गलवार, जेठ ७, २०७६

बिर्तामोड । अर्जुनधारा–११ स्थित बसपार्कमा स्वास्थ्य सूचना केन्द्रको उद्घाटन अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि कुमार रानाले गर्नुभएको छ ।

सो क्षेत्रको जनघनत्वलाई ध्यान दिदैँ स्वास्थ्य सूचना केन्द्र स्थापना भएको हो । स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगर प्रमुख रानाले आ.ब.०७६/७७ जनघनत्वको आधारमा स्वास्थ्य केन्द्रको रुपान्तरण गर्न जरुरी रहेको बताउनुभयो । बसपार्कबासीको इच्छा, चाहना भएमा नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्ध रहेको बताउनुभयो ।

उक्त स्वास्थ्य केन्दले स्वास्थ्य सम्बन्धी सूचना संकलन गर्ने, बसपार्क क्षेत्रमा स्वास्थ्य सम्बन्धी वडाका आवश्यक सूचकहरुको लगत लिनसक्ने स्वास्थ्य संयोजक मुकुन्द बस्नेतले जानकारी दिनुभयो । त्यसमा परामर्श सेवा दिने, प्राथमिक उपचार, गाउँघर क्लिनिक खोप सेवा सहित सर्ने र नसर्ने रोगका विषयमा जनचेतना जगाउने लगायतको काम गर्ने सक्ने संयोजक बस्नेतले बताउनुभयो ।

उक्त सूचना केन्द्रका लागि वडा–११ निवासी मुक्ति सिटौलाको तर्फबाट २५ हजार बराबरको बिरामी राख्ने बेड, ६ थान प्लाष्टिकको कुर्सी चन्द्र इन होटल, १ थान शिलिङ फेन र १ थान पानीको जार, खेमराज न्यौपानेको तर्फबाट कोठा र फर्निचर, जगत राना मगरको तर्फबाट ६ थान प्लाष्टिकको कुर्सी निशुल्क प्रदान गर्नुभएको थियो ।

वडा–११ अध्यक्ष भैरव खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिका नगर सभा सदस्य लक्ष्मी बास्कोटा, बसपार्क व्यवस्थापन समितिका उपाध्यक्ष धनराज योङहाङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको औचित्यमाथि स्वास्थ्य संयोजक बस्नेतले बोल्नुभएको थियो भने स्वागत मन्तव्य नगर सभा सदस्य सिता बाँघदासले गर्नुभएको थियो । सूचना केन्द्रमा २ जना स्वयसेवक खटाइने व्यवस्था मिलाएको बस्नेतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर