Aamsanchar

नोबेल अस्पतालको लापरबाहीले डाक्टरकै मृत्यु

Author Image
बिहिवार, जेठ ९, २०७६

हामीले अस्पतालका डाक्टरको लापरबाहीले बिरामीको मृत्यु हुने गरेको समाचार त सुन्दै र पढ्दै आएका छौं । तर नेपाल समाचारपत्र दैनिकमा भने अस्पतालको लापरबाहीका कारण डाक्टरकै मृत्यु भएको समाचार छ । यो समाचार हो विराटनगरको नोबेल अस्पतालको ।

समाचारमा लेखिएको छ, आफैं सवारी चलाएर आफ्नो उपचारका लागि नोबेल अस्पताल पुगेका डाक्टर जीवित फर्कन सकेनन् । पूर्व क्षेत्रकै चर्चित वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर विमल अग्रवालको अस्पतालको चरम लापरबाहीका कारण मंगलबार निधन भयो ।

डाक्टर अग्रवाल विराटनगरस्थित कोसी अञ्चल अस्पताल कार्यरत थिए । बैशाख २३ गते देब्रे छातीमा सामान्य समस्या देखिएपछि अग्रवाल नोबेल अस्पताल गएका थिए । चिकित्सकको सल्लाहबमोजिम सामान्य उपचार गराएर उनी फर्किए । भोलिपल्ट फेरि श्रीमतीका साथ अस्पताल गए । उनको एन्जिओग्राफी गरिएपछि स्वास्थ्यमा असामान्य अवस्था देखियो । उपचारको क्रममा उनको मस्तिष्कघात भयो । समाचारपत्र लेख्छ, ‘एन्जिओग्राफी गरेपश्चात स्वास्थ्यमा देखिएको असामान्य अवस्थालाई गम्भीररुपमा नलिँदा उहाँको असामयिक निधन भएको भन्दै आफन्त रुष्ट बसनेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मुल्य
आइतवार, वैशाख २, २०८१
जुडशीतल पर्व मनाइँदै
आइतवार, वैशाख २, २०८१