Aamsanchar

शुक्रवारका लागि आह्वान गरेको झापा झापा बन्द, विप्लव माओवादीद्धारा फिर्ता

Author Image
बिहिवार, जेठ ९, २०७६

बिर्तामोड ।

प्रधानमन्त्री केपी शर्मा ओली झापा नआउने भएसंगै विप्लव माओवादीले बन्द फिर्ता लिएको हो । पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा गरेको थियो । सरकारले नेकपा माथि प्रतिबन्ध लगाएपछि सो पार्टीले पनि प्रधानमन्त्री ओली जाने कार्यक्रमलाई प्रतिबन्ध लगाउने जनाएको थियो ।

नेकपा झापाका सेक्रेटरी सुमनसिंहले बिज्ञप्ति जारी गरी पार्टीको केन्द्रीय निर्णय अनुसार नै झापा बन्दको आह्वान गरिएपनि प्रधानमन्त्री ओली नआउनेभएपछि बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी दिए । नेकपाका जिल्ला कमिटी सदस्यहरुलाई शपथ ग्रहण गराउनका लागि झापा आउन लागेका प्रधानमन्त्री विप्लवको बन्दपछि कार्यब्यस्तता देखाउदै नआउने भएको सुमनसिंहले जानकारी दिए ।

नेकपामाथि गत फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएपछि सो पार्टीका महासचिव विप्लवले पनि प्रधानमन्त्री ओली जाने सबै कार्यक्रममाथि प्रतिबन्ध लगाउने घोषणासहित कार्यकर्तालाई निर्देशन दिएका थिए ।

साथै झापा सेक्रेटरी सुमनले भोजपुरका जिल्ला स्तरीय नेता तीर्थराज घिमिरेलेको प्रहरीले हत्या गरेको भन्दै भत्सना समेत गरेका छन् ।
यसैबीच प्रधानमन्त्री झापा नआउने भएसंगै शुक्रबारको शपथ ग्रहण कार्यक्रममा उपप्रधानमन्त्री इश्वर पोख्रेल आउने भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर