Aamsanchar

शुक्रवारका लागि आह्वान गरेको झापा बन्द, विप्लव माओवादीद्धारा फिर्ता

Author Image
बिहिवार, जेठ ९, २०७६

बिर्तामोड ।

प्रधानमन्त्री केपी शर्मा ओली झापा नआउने भएसंगै विप्लव माओवादीले बन्द फिर्ता लिएको हो । पार्टीमाथि लगाईएको प्रतिबन्ध, गिरफ्तारी र धरपकडका बिरुद्ध नेकपा झापाले जिल्ला बन्दको घोषणा गरेको थियो । सरकारले नेकपा माथि प्रतिबन्ध लगाएपछि सो पार्टीले पनि प्रधानमन्त्री ओली जाने कार्यक्रमलाई प्रतिबन्ध लगाउने जनाएको थियो ।

नेकपा झापाका सेक्रेटरी सुमनसिंहले बिज्ञप्ति जारी गरी पार्टीको केन्द्रीय निर्णय अनुसार नै झापा बन्दको आह्वान गरिएपनि प्रधानमन्त्री ओली नआउनेभएपछि बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी दिए । नेकपाका जिल्ला कमिटी सदस्यहरुलाई शपथ ग्रहण गराउनका लागि झापा आउन लागेका प्रधानमन्त्री विप्लवको बन्दपछि कार्यब्यस्तता देखाउदै नआउने भएको सुमनसिंहले जानकारी दिए ।

नेकपामाथि गत फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएपछि सो पार्टीका महासचिव विप्लवले पनि प्रधानमन्त्री ओली जाने सबै कार्यक्रममाथि प्रतिबन्ध लगाउने घोषणासहित कार्यकर्तालाई निर्देशन दिएका थिए ।

साथै झापा सेक्रेटरी सुमनले भोजपुरका जिल्ला स्तरीय नेता तीर्थराज घिमिरेलेको प्रहरीले हत्या गरेको भन्दै भत्सना समेत गरेका छन् ।यसैबीच प्रधानमन्त्री झापा नआउने भएसंगै शुक्रबारको शपथ ग्रहण कार्यक्रममा उपप्रधानमन्त्री इश्वर पोख्रेल आउने भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर