Aamsanchar

यी बलिउड सेलिब्रेटीहरु बने अब सांसद

Author Image
शुक्रवार, जेठ १०, २०७६

एजेन्सी ।

भारतको राजनीतिमा बलिउडको प्रभाव ठुलो रहेको एकपटक पुनः पुष्टी भएको छ । चुनावको मुखमा बलिउडका नायक नायिकालाई पार्टीमा प्रवेश गराई टिकट दिने परम्पराको निरन्तरता यस पटकको लोकसभा चुनावमा पनि देखियो ।बलिउडका सेलिब्रेटीहरु पनि फिल्मी करियर पश्चात राजनीतिमा रमाएको कारण यो प्रवृत्ति बढ्दो क्रममा देखिएको छ । यस पटकको चुनावमा विगतदेखि नै सक्रिय भएका सेलिब्रेटी र केहि नयाँ बलिउड सेलिब्रटीले चुनावलाई रोचक बनाएका छन् ।

१. स्मृती इरानी

अमेठी क्षेत्रमा पछिल्लो दुई निर्वाचनमा काँग्रेस आई अध्यक्ष राहुल गान्धीसँग पराजित हुँदै आएकी टेलिभिजन सिरियल ‘क्योंकि सास भि कभी बहू थी’ कि तुलसी अर्थात् स्मृती इरानीले तेश्रो पटकमा गान्धीको किल्लामा आफ्नो विजयी भएकी छिन् ।भारतीय जनता पार्टी (भाजपा) की नेतृ उनले ४० हजार मत अन्तरले राहुललाई हराएसँगै सांसद बन्न सफल भएकी छिन् । उनको विजयले सामाजिक संजाल तातिएको छ ।

२.हेमा मालिनी

यूपीको मथुरा क्षेत्रबाट यस चुनावमा शानदार विजय हासिल गरेकी पूर्व नायिका हेमा मालिनी लगातार दोश्रो पटक सांसद बन्ने भएकी छिन् । भाजपाबाट चुनावमा होमिएकी हेमाले प्रतिस्पर्धीलाई २ लाख ५० हजार भोटले हराएकी छिन् ।

३. किरण खेर

बलिउडकी चर्चित पूर्व नायिका तथा किरण खेरले पनि भाजपाबाट लगातार दोश्रो पटक चुनाव जितेकी छिन् । चन्डीगढबाट चुनाव लडेकी उनले काँग्रेसका नेता पवन बंशललाई हराइन् ।

४.सन्नी देवल

नायक सन्नी देवलले पनि भाजपाको तर्फबाट चुनाव लड्दै गुरदासपुरबाट सांसदमा निवार्चित भएका छन् । उनले काँग्रेसका सुनील जाखडलाई ७५ हजार भोटले हराए । यहि क्षेत्रबाट यसअघि दिवंगत बलिउड नायक विनोद खन्नाले चुनाव जितेका थिए ।

५.मनोज तिवारी

भोजपुरी फिल्मका गायक मनोज तिवारीले उत्तर पूर्वी दिल्लीबाट भाजपाको लागि चुनाव लडेका थिए । उक्त क्षेत्रकी पूर्व मुख्य मन्त्री शिला दिक्षितसँग प्रतिस्पर्धा गरेका उनले ३ लाख भोटको अन्तरले विजयी भएका छन् ।

६. रवि किशन
भोजपुरी फिल्मका नायक रवि किशनले पनि भाजपाबाट लड्दै चुनाव जितेका छन् । गोरखपुरबाट चुनाव लडेका उनले दुई लाख भोटको अन्तरले चुनाव जित्न सफल भए ।

७. हंस राज हंस

पंजाबी गायक हंस राज हंसले भाजपाको तर्फबाट दिल्ली क्षेत्रमा चुनाव जितेका छन् । काँग्रेसका राजेश लिलोठियालाई करिब ४ लाख मत अन्तरले हराएका उनी सांसद बनेका छन् ।

८. बाबुल सुप्रियो

बंगाली गायक बाबुल सुप्रियोले पनि भाजपाको तर्फबाट पश्चिप बंगाल क्षेत्रमा चुनाव जितेका छन् । उनले टीएमसीकी उम्मेदवार बंगाली नायिका मुन मुन सेनलाई करिब १ लाख ५० हजार मतले पराजित गरेका छन् ।

यि भाजपाका नेताहरुले विजय प्राप्त गरेपनी केहि बलिउड सेलिब्रेटीहरु भने पराजित भएका छन् । नायिका उर्मिला मातोंडकर काँग्रेसबाट महाराष्ट्र क्षेत्रमा चुनाव लडेकी उर्मिला २ लाख ५० हजार भोटले पराजत भइन् । त्यस्तै पूवै नायिका जया प्रदा पनि चुनाव हारेकी छिन् । पछिल्लो चुनावबाट समाजवादी पार्टीबाट सांसद बनेकी उनले यसपटक भाजपाबाट चुनाव लड्दा पराजय बेहोरेकी छिन् ।

त्यस्तै भाजपा छोडेर काँग्रेसबाट चुनाव लडेका पूर्व नायक शत्रुघ्न सिन्हा पनि पराजित भएका छन् । राज बब्बर, प्रकाश राज पनि आफ्नो क्षेत्रमा पराजित भइ सांसद बन्ने मौका गुमाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर