Aamsanchar

अढाई वर्षमा ११ लाखभन्दा बढी विद्युत मिटर वितरण

Author Image
शनिवार, जेठ ११, २०७६

काठमाडौं, जेठ ११ ।

नेपाल विद्युत प्राधिकरणले अढाई वर्षमा ११ लाखभन्दा बढी मिटर वितरण गरेको छ । प्राधिकणले पछिल्लो समयमा तिब्र रुपमा ग्राहकको संख्या बढाइरहेको हो।

३ वर्ष अघिसम्म प्राधिरकणले वर्षमा मुस्किलले १ लाख मिटर वितरण गर्न सकेका ति दिनलाई सम्झदै विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ नेतृत्वमा आएपछि मिटर माग्नेहरुले पनि तुरुन्तै पाउन थालेको बताईएको छ । नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार साढे दुई वर्षको अवधिमा ६५ बाट ७८ प्रतिशतसम्म राष्ट्रिय प्रसारणलाइन पुगेको छ । यसैको बलमा प्राधिकरणले ग्राहकको संख्या आक्रामक रुपमा विस्तार गर्न सकेको उनले बताए ।

प्राधिरकणले ग्रामीण विद्युतीकरणलाई प्राथमिकतामा राखेर लाइन नपुगेका क्षेत्रमा बिजुली सेवा र्पुयाइरहेको छ । यसका लागि दातृ निकायले पनि सघाउँदै आएका छन् भने प्राधिरकणले आफैं पनि वाषिर्क रुपमा बजेट छुट्याएर विजुली सेवा विस्तारको काम गरिहरेको छ ।

अढाई वर्षमा करिब १२ प्रतिशतले विद्युत सेवा विस्तार गर्न सफल भएको प्राधिरकणले अबको ४ वर्षमा देशका सबै सम्भाब्य भागहरुमा बिजुली र्पुयाइसक्ने लक्ष्य लिएको थियो ।

प्राधिकरणले हाल देशभर १ सय वटा सवस्टेशन निर्माण गर्दैछ । काठमाडौंको वितरणलाइन सुधार गर्ने गरी सुधारको काम पनि भइरहेको छ ।

२०७३ को भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हु“दा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो । उनले व्यवस्थापकीय कुशलताबाट मुलुकबाट लोडसेडिङ अन्त्य मात्रै गरेनन् घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर