Aamsanchar

सिलिण्डर होइन, कुकर बम विस्फोट

Author Image
आइतवार, जेठ १२, २०७६

प्रहरीले काठमाडौंको सुकेधारामा सिलिण्डर नभई कुकर बम विस्फोट भएको आशंका गरेको छ ।

आइतबार अपराह्न सुकेधाराको एक सैलुन र घट्टेकुलोमा एक घरमा विस्फोट भएको थियो । सुरुमा प्रहरीले समेत सिलिण्डर विस्फोट भएको खबर आएको बताएको थियो ।

तर, अनुसन्धानका क्रममा सिलिण्डर नभई बम विस्फोट भएको पाइएको छ । दुबै घटनास्थलमा सिलिण्डर भेटिएको छ तर, त्यसमा कुनै क्षति भएको छैन ।

घट्टेकुलोमा विप्लव समूहको नेपाल बन्द सफल पारौं भन्ने पर्चा भेटिएको छ भने घाइते भएका रविन केसी विप्लव समूहका विद्यार्थी नेता भएको पुष्टि भएको छ ।

सुकेधारामा विस्फोटपछि उद्दारमा संलग्नहरुले सिलिण्डर नभई कुकर बम विस्फोट भएको बताएका छन् ।

त्यहाँ पनि घटनास्थलमा सिलिण्डर भेटिएको छ तर, त्यसमा कुनै क्षति भएको छैन । प्रहरीले पनि दुबै घटनाको प्रकृति एउटै भएको बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर