Aamsanchar

बन्दका कारण सुनसरी, मोरङ र झापा जिल्लावासी पनि त्रासपुर्ण रहे, कहाँ कहाँ के भयो ?

Author Image
सोमवार, जेठ १३, २०७६

विहान सवेरै यि तिन जिल्लामा कुनै भयत्रासको अवस्था महसुस गर्ननपरेका सुनसरी,मोरङ र झापाका जनताले सोमबार विहान ९ बजेको समय वाट भने भयत्रासमा रहनु पर्यो । 

मधुमल्ला स्थित रहेको पेट्रोल पप्म नजिकै सिसाको बोतलमा तार जाडेर फालेको शंकास्पत बस्तु फेला परेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रवक्ता डिएसपी घनस्याम श्रेष्ठले जानकारी दिए ।

सुनसरीको इटहरीमा बम डिस्पोज भएको केहि घण्टा नवित्दै इटहरीमै पुःन बम फेला परेको छ । विहान चारकोशे झाडी स्थित सेउती पुलमा २ वटा वम डिस्पोज भएको थियो । पुःन इटहरी १२ खनारमा बम भेटियो । खनारमा बम भेटिएपछि डिस्पोजल टोली घट्नास्थल तिर गएको थियो । यस अघि मोरङको सुन्दरहरैचा र सुनसरीको कोशी राजमार्ग अन्तरगतको पानीपियामा भेटीएको बमलाई नेपाली सेनाको डिस्पोज टोलिले निष्कृय पारेको छ ।

यता झापाको दमक नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने रतुवा पुलमा पनि बम फेला परेको छ । रतुवा पुलमा प्रेसर कुकर बम फेला परेपछि करिब २ घण्टा यता पुर्वपश्चिम राजमार्ग अवरुद्ध छ । प्रेसर कुकर बमलाई चारआलीबाट आएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

बम फेला परेपछि राजमार्ग अवरुद्ध हुदा सवारीसाधानहरु जाममा परे । बिहानैदेखि विभिन्न ठाउँमा शंकास्पद वस्तु तथा बमहरु फेला परेको थियो । रतुवा पुलबाहेक झापाको गौरदहस्थित नवनिर्मित ट्राफिक भवन नजिकै पनि शंकास्पद वस्तु फेला परेको थियो । बम कसले राखेको हो भन्ने नखुले पनि सोमबार विप्लव माओवादीले आह्वान गरेकोले बम पनि सोही समुहले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर