Aamsanchar

मोदीलाई बधाई दिन नेपालका प्रधानमन्त्री दिल्ली जाने, पाकिस्तानी प्रधानमन्त्रीलाई पनि निम्तो

Author Image
सोमवार, जेठ १३, २०७६

काठमाडौं । लोकसभा निर्वाचनमा पुनः भारी बहुमतले विजयी भएका भारतीय जनता पार्टी (भाजपा) गठवन्धनका नेता नरेन्द्र मोदीलाई बधाई दिन प्रधानमन्त्री केपी ओली नयाँ जिल्ली जाने भएका छन् । निर्वाचनमा विजयी भएसँगै दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको जिम्मेवारी सम्हान लागेका मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुने ओली पनि जान लागेका हुन् ।

मोदीले छिमेकी मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुलाई आफ्नो सपथग्रहणमा सहभागी हुन निम्तो दिएपछि ओली दिल्ली जाने तयारीमा जुटेका हुन् । मोदीले छिमेकीसहित दक्षिण एसियाली मुलुक र बिम्स्टेक सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरुलाई आफ्नो सपथ ग्रहणमा सहभागी हुन निम्तो दिएका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार छिमेकीहरुसँग सुमधुर सम्वन्ध कायम गर्ने नीतिअनुसार निम्तो दिइएको जनाइएको छ । मोदीले पाकिस्तान र अवगानिस्थानसहितका मुलुकहरुलाई निम्तो पठाएका छन् । यद्यपि यसलाई औपचारिकरुपमा बाहिर भने सार्वजनिक गरिएको छैन् ।

यसअघि पहिलो मोदी प्रधानमन्त्री हुँदा नेपालका तत्कालिन प्रधानमन्त्री सुशील कोइराला सपथग्रहणमा सहभागी भएका थिए । प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण नेपालबाट सुरु गरेका मोदीले नेपालको संसदमा गरेको सम्बोधनले उनको निकै हाईहाई भएको थियो । पछि भारतले अघोषित नाकाबन्दी लगाएपछि भने उनको  तीब्र आलोचना भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)