Aamsanchar

सिग्देलको तेस्रो कृति बजारमा आउने तयारी

Author Image
मङ्गलवार, जेठ १४, २०७६

बिर्तामोड । पत्रकार तीर्थ सिग्देलको तेस्रो कृति बजारमा आउने भएको छ ।
झापामा रहेर अढाइ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सिग्देलले तेस्रो कृति कथासंग्रह लिएर आउन लागेका हुन् । उनको यस अघि ०७३ सालमा जीवनको गति नामक निबन्ध तथा अनूभुतिमा आधारित पुस्तक र ०७५ सालमा पूर्वको राजनीति नामक खोज तथा अनुसन्धानमा आधारित इतिहास सम्बन्धी पुस्तक प्रकाशन भइसकेको छ । र, यसपटक साहित्य तथा लेखनको क्षेत्रमा अलग पहिचान बनाउने गरी उनको तेस्रो पुस्तक कथासंग्रह आउन लागेको हो ।

उनको कथासंग्रहको नाम मनोनेट हो । खासगरी मनोबैज्ञानिक बिषयबस्तु समेटिएका कथाले एकप्रकारको चर्चा बटुल्ने लेखकले आशा गरेका छन् । समाजमा ब्याप्त यौन मनोबिज्ञानदेखि समाजले स्वीकार गर्न नसकेका कतिपय तथ्यको कथाले उजागर गर्ने र मानिसहरुका मनमा उर्लेका अब्यक्त पीडाको पटाक्षेप गर्ने उनले बताएका छन् ।

खासगरी समाजका बिभिन्न स्वरुप भित्र उकुसमुकुस भएर रहेका कतिपय घटना, जसले आजपनि मानिसलाई तरंगित पार्दछ । मन भित्र उर्लेका अप्रकटित भाव र एउटा मनले ब्यक्त गर्न नसकेका कुष्ठा, जुन अहिलेको ठूलो समस्या हो । त्यसलाई मनोनेटको माध्यमबाट प्रकटित गरिएको छ ।, लेखकले भनेका छन्, यो मनले अभिब्यक्त नगरेका कतिपय कुरा अर्को मनले बुझ्नु नै मनोनेट हो ।

एउटा नौलो र अनौठो लेखन शैली कथा भित्र देखिन्छ, जसलाई यौन मनोबिज्ञानको पाटोबाट हेर्ने हो भने समाजमा मान्छेहरु नांगै देखिन्छन्, लेखक सिग्देलले भने, यो तथ्य मानिसहरुमाझ अस्वीकृत र लुकाइएको हुन्छ । जुन् कुरा उनीहरु सजिलै भन्न सक्दैनन् ।
अर्थात्, एउटा मनले चाहेको कुरा अर्को मनले अभिब्यक्त नगरी बुझ्ने माध्यम नै मनोनेट हो । लेखकका अनुसार यही जेठ २० गते बिर्तामोडमा आयोजना गरिने कार्यक्रममा यो पुस्तक सार्बजनिक गरिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर