Aamsanchar

जिल्ला इञ्चार्जको टुङ्गो लगाउन सकेन नेकपाले

Author Image
मङ्गलवार, जेठ २१, २०७६

काठमाडौं, जेठ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेको बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज छनोटको मापदण्डमा विवाद देखिएको छ । सहमतिको प्रयासमा मंगलबार दुई पटक बैठक बसेको थियो तर, कुनै निर्णय हुन सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सहइञ्चार्ज बनाउने कि नबनाउने भन्नेमा विवाद छ ।स्रोतका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल बनाउने पक्षमा छन् । प्रदेश कमिटी र जिल्ला कमिटीका अध्यक्ष र सचिव बनाउ“दा यो मान्यता खण्डित भइसकेको तर्क गरेका छन् ।

तर माधवकुमार नेपाल सहितका नेताहरुले दोहोरो जिम्मेवारी दिन नहुने बताएका छन् । प्रदेश इञ्चार्जहरु तोक्ने क्रममा निर्णय भइसकेकाले स्वीकार गरेको भन्दै उनीहरुले अहिले जिम्मेवारी तोक्न नै बा“की रहको तर्क गरेका थिए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले छलफललाई भोलि पूर्णता दिएर जिल्ला इञ्चाज तथा सहइञ्चार्ज तोकिने जनकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर