Aamsanchar

राजनीति ‘शून्य समय’ सुन्ने हुन नसक्दा दिक्दार भए सांसद

Author Image
बिहिवार, जेठ २३, २०७६

काठमाडौं

सांसदहरूले समसामयिक विषयमा संसद्को शून्य समयमा आफ्ना धारणा राख्ने गर्छन्। जसलाई सरकारले यथोचितरूपमा सम्बोधन गर्नुपर्ने हुन्छ। जसका लागि नै सदनको बैठकमा सरकारको प्रतिनिधित्व अनिवार्य हुन्छ।

तर, पछिल्लो समय सांसदहरूले उठाएका विषयमा सरकारले सम्बोधन नगरेका कुरा सार्वजनिक हुँदै गएका छन्। यसबाट संसदहरू सार्वजनिकरूपमा नै दिक्दारी पोख्ने गर्छ। यस्तो दिक्दारी सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीकै सांसदले सदनको बैठकमा पोखेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपाका सांसद विरोध खतिवडाले शून्य समयलाई प्रभावकारी बनाउन सभामुख कृष्णबहादुर महरासँग गुहार पनि लगाएका छन्। सांसद खतिवडाले भने, ‘शून्य समयको आशय, मनशाय संसदका आवाज सरकारले सुन्ने हो। व्याकरणले सुन्ने, कानले सुन्ने समय हो। तर, अंकगणितको शून्य भएछ।

यो शून्यमा नै हरायो।’ सांसद सधै कराइरहने सरकारले नसुन्ने देखेपछि उनले थपे, ‘तर, शून्यको पनि धेरै शक्ति हुन्छ। एक सहारा पायो भने यसको शक्ति १० गुणा बढी हुन्छ। एकको पछाडि शून्य थपे १०, १० को पछाडि शून्य थपे १०० र १०० को पछाडि शून्य थपे १००० हुन्छ।’ सभामुखलाई संसदलाई प्रभावकारी बनाउन माग गर्दै खतिवडाले भने, ‘सभामुख सहारा भएर उभिइदिनुस्, हामी एक-एकओटा शून्य थपिएर १० गुना पावरफूल हुन्छौँ। त्यसपछि शून्य समयको पनि अर्थ होला।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर