Aamsanchar

लाभकारी कुरिलोका यस्ता छन् फाइदा

Author Image
शुक्रवार, जेठ २४, २०७६

कुरिलो स्वास्थ्यका लागि निकै उपयोगी चिज हो । कुरिलोको स्वाद मात्र होइन स्वास्थका लागि पनि निकै फाइदाजनक छ । यसको सेबनले हाम्रो शरीरलाइ धेरै नै फाइदा गर्छ ।

तपाईलाइ थाहा छ कुरिलोको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसंग सेवन गर्नाले पुरुषहरुको बिर्य बढाउँछ ।

प्राय धेरै मानिसको भान्सामा पाकिने कुरिलोको फाइदा बारे धेर्रैलाइ थाहा छैन । यसको सेवनले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त,महिलाको स्तनमा दुधको मात्रा बढाउने, दुर्बलता हटाउन, स्वेतप्रदर तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ ।

यसलाई विभिन्न रोगहरुमा औषधीको रूपमा प्रयोग पनि गरिन्छ । यसको नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बचाउँछ ।

क्यान्सर रोगीले यो सेबन गर्नाले पनि धेरै राम्रो हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन, प्रोटीनका साथै बिभिन्न पौष्टिक तत्व पाइन्छ ।

कुरिलोलाई तरकारी बनाएर तथा यसको सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ । कुरिलो महिलामा हुने महिनावारी गडबडीमा पनि उपयोगी छ । यसले पिशाब पोल्ने, पेटको ट्युमर, घाँटीमा भएको संक्रमणबाट बचाउछ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)