Aamsanchar

जागिर लगाइदिने भनी ठगी गर्ने पक्राउ

Author Image
मङ्गलवार, जेठ ४, २०७३

pak

काठमाडौँ ।

राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भनी ठगी गरेको आरोपमा सङ्खुवासभा, चैनपुर गाविस घर भई हाल ललितपुरको तिब्बतियन क्याम्पमा बस्दै आएका जम्बा भोटेलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

सोलुखुम्बुका शरद राई र प्रेमकुमार मगरलाई विभिन्न प्रलोभनमा पारी विभागको प्रहरी नायब निरीक्षकमा जागिर लगाइदिने भनी राईबाट रु चार लाख ५० हजार र मगरबाट रु दुई लाख रकम लिएको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले अभियुक्तलाई बागबजारबाट पक्राउ गरेको हो ।

भोटेले मामा जुम्प लेम्डुक भोटेका साला वाड्डा भोटेलाई पनि सरकारी जागिर लगाइदिने आफ्नै मामाबाट रु आठ लाख लिएको पनि अनुसन्धानका क्रममा खुलेको छ ।

पैसा माग्दा लामाले मामालाई समेत सामाजिक सञ्जाल फेसबुक मार्फत चारित्रिक हत्या गर्ने गरेका थिए । उनलाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर