Aamsanchar

तपाई जतिखेर पनि आफुलाई थकित महसुस गर्नु हुन्छ ? यसो गर्नुहोस समस्या हुन्छ समाधान

Author Image
मङ्गलवार, जेठ २८, २०७६

पानी पर्याप्त पिउनुहोस्

कामको व्यस्तताको कारण धेरैले पानी पिउन भुल्छन्। तिर्खा लाग्नु भनेको शरीरले पानीको मात्रा असाध्यै कम महसुस गर्नु हो। त्यसैले तिर्खा नकुरेर पानी पिइरहन जरुरी हुन्छ। अक्सिजन र पोषक तत्व मांशपेशीमा पु¥याउन पनि पानीको पिउन जरुरी छ। यति मात्रै होइन, पानीको कमीले रगत बाक्लो बनाउँछ। मुटलाई कुशलतापूर्वक रगत पम्प गर्न रगतमा पानीको मात्रा पर्याप्त हुन जरुरी हुन्छ।

आइरनको सेवन जरुरी भयो 

आइरन शरीरका लागि अत्यावश्यक तत्व मध्ये पर्छ। यदि यसको कमी भयो भने पनि साह्रै थकित महसुस हुन सक्छ। एकदमै चिडचिडाहट, कमजोर र एकाग्र हुन सकिएको छैन भने बुझ्नुहोस् शरीरमा आइरनको मात्रा कम हुँदै गएको छ। त्यसैले पात भएका तरकारी, मेवा, दही लगायतको सेवन गर्नु पर्छ ।

खाजाको परिकारमा ध्यान दिनुहोस्

खानेकुरा हाम्रो शरीरका लागि ईन्धन हो। जस्तो गाडीको इन्जिनमा शुद्ध तेल प¥यो भने सहज ढंगले कुद्छ। त्यसैगरी मानव इन्जिनमा पनि ईन्धन सफा पर्नुपर्छ। विशेष गरी काम गरेर थाकेको र भोकाएको अवस्थामा खानेकुरा खाँदा ख्याल पुर्याउनुपर्छ। दिउसोको खाजामा एकदमैं धेरै तरल पदार्थ पाइने खाजा खाँदा थकाइ कम हुन सक्छ। मासुजन्य र कार्बोहाइडेड अधिक भएको खाजाले भोक त मेट्छ तर थकाइ बढाउन सक्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर