Aamsanchar

कैलालीको कहाली लाग्दो घटना

Author Image
मङ्गलवार, भदौ ७, २०७३

नरेन्द्र ढकाल 

नरेन्द्र ढकाल
न त कसैले यस्तो हुन्छ भनेर सोचेको थियो न त यस्ता दानवीय स्वभाव भएका नेपाली छन् भन्ने कसैले कल्पना नै गरेका थिए । हुनेहार दैव नटार भने झैं जे हुनु छ त्यो भएरै छाड्छ । १० वर्षसम्म भएको शसस्त्रद्वन्द्वको समयमा पनि यति उच्च तहका प्रहरी मारिएका थिएनन् तर आजभन्दा ठीक एक वर्ष अघि कैलालीको टीकापुरमा दानवीयशैलीमा उच्च तहका प्रहरी अधिकृत मात्र नभएर अबोध बालकको समेत निर्ममतापूर्वक हत्या गरियो ।
२०७२ भदौ ७ गते सोमबार भएको त्यो अमानवीय घटनाले आज पुनः आङ्ग सिरिङ्ग हुन्छ । आठजना प्रहरी र एक अबोध बालकको ज्यान जानेगरी भएको घटनाको आज ठीक एक वर्ष पुगेको छ । न त अहिलेसम्म उक्त घटनाको सत्य–तथ्य बाहिर आएको छ, न त त्यसका योजनाकार वा घटनामा संलग्नहरुलाई कारवाही नै गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहितका प्रहरीको हत्या भएको स्थलको अध्ययन अवलोकन गरी घटनाबारे जानकारी लिन प्रहरी उच्च तहका अधिकृतहरु घटनास्थल पुगे तर पनि उनीहरुले अहिलेसम्म घटनामा को दोषी थियो भन्ने स्पष्ट खुलाउन सकेका छैनन् ।

नेपालका प्रहरी अनुसन्धानमा अगाडी छन् भनेपनि प्रहरी नै मारिदा समेत यथार्थ बाहिर नआउनुले उनीहरुको अनुसन्धानमा नै प्रश्न उठाएको छ । थारुहटका कार्यकर्ताको प्रदर्शनका क्रममा भएको आक्रमणमा परी प्रहरी वरिष्ठ उपरीक्षक न्यौपानेसहित आठ प्रहरी र घरमै खेलिरहेका एक बालकको मृत्यु भएको थियो । आन्दोलनको क्रममा कहाँ र कतिखेर घटनाले हिंसात्मक मोड लिन्छ भन्न सकिन्न । पूर्व अनुमानहरु कहिलेकाही फेल खान पनि सक्छन् । उखान नै छ– ‘स्यालको शिकार गर्न जाँदा बाघ मार्ने औजार बोक्नु ।’ कुनैपनि घटनालाई कमजोर नठान्नु र आफ्नो पूर्व तयार गरेर बस्नुपर्नेमा प्रहरीले यो आन्दोलनमा सम्झाउन सकिन्छ भनेर निसशस्त्र जानु उसको गल्ती हो तर हतियार छैन भन्दैमा निर्ममतापूर्वक हत्या गर्नुले कैलालीबासी, थारु आन्दोलनकारीको चरित्र कस्तो छ भन्ने कुरालाई उदाङ्गो बनाएको छ । मानवता नभएको क्रुर आन्दोलनकारीले एक पटक सोच्न सक्ने क्षमता भएको भए पक्कै पनि त्यो अमानवीय घटना हुने थिएन होला तर कसैको उक्साहटमा भएका त्यस्ता घटनाको पछि लाग्नु भनेको दानवीय चरित्र भएका ब्यक्ति हुन् भन्दा कसैले टाँउको दुखाउनु पदैन ।
नागरिकलाई शान्ति सुरक्षा दिने दायित्व र कर्तव्य सरकारको हो । समाजमा अमनचयन काम राख्ने प्रहरीको हो । तर, कैलालीको टिकापुरमा समाजमा शान्ति सुरक्षा कामय गराउने र नागरिकको जिऊ धनको रक्षा गर्ने प्रहरीमाथि आन्दोलकारीले विभत्स हत्या गरे । देश र जनताको सेवा गर्ने कसम खाएका प्रहरीमाथि निकै निर्मम र मानवता विरोधी घटना घटाइयो । संघीताको सीमांकनप्रति देशका विभिन्न क्षेत्रहरुमा आन्दोलन बढ्दै गएपछि सीमित स्रोत र साधानको कारण प्रहरीलाई आन्दोलनकारी भीड थेग्न सहज थिएन र हुँदैन पनि । देशको शान्ति सुरक्षामा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचको तालमेल नमिल्नु पनि उक्त घटनाको कारकतत्व बनेको छ ।

कैलालीको टिकापुर घटनाले थुप्रै प्रश्न जन्माएको छ । सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागमाथि त प्रश्न छँदैछ । त्यसभन्दा पनि बढी एसएसपी न्यौपानेलाई शसस्त्र प्रहरीकै अगाडि खँुडा र ढुंगाले हान्दा समेत फायर नखोल्ने शसस्त्र प्रहरीमाथि प्रश्नैप्रश्न तेर्सिएको छ । आन्दोलनकारीले लखेटी–लखेटी मार्ने अवस्था आएपछि एसएसपी लक्ष्मण न्यौपानलेसँगै रहेका शसस्त्र प्रहरीलाई निर्देशन दिए– ‘फायर खोल्नुहोस् मैले फायर खोलें अब आदेश पर्खनु पर्दैन’ भन्दा पनि माथिको आदेश छैन भन्दै शसस्त्र प्रहरीले फायर खोल्न नमानेनको एसएसपीका अंगरक्षक मानबहादुर बुढाले बताइसकेका छन् । आन्दोलनकारीले प्रहरीलाई घेराबन्दी गरेर लखेटी–लखेटी एसएसपीसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या गरे ।

यति ठूलो मानवीय क्षतिको पछाडि के कारण थियो भन्ने चासो र चिन्ता सबै छ । कैलाली घटनामा आन्दोलनकारी त दोषी छन् नै यता परिस्थितिको मुल्याङ्कन गरेर अगाडि बढ्न नसक्ने शसस्त्र प्रहरीमाथि पनि प्रश्न उब्जाएको छ । तर यसको वास्तविकता अझै सार्वजानिक भएको छैन् । यसले अझ नै आशंकाहरु उठ्नु स्वभाविकै हो । आन्दोलनको क्रममा हुने दंगा कसैको नियन्त्रणमा हुँदैन । आन्दोलनलाई नियन्त्रणमा लिने प्रमुख जिम्मेवारी सरकारको हो । प्रहरीले कानुन अनुसार आफ्नो स्टेप चाल्दै आन्दोलन निणयन्त्रमा लिने र समाजमा शान्ति सुरक्षा गर्ने काम गर्ने हो । कैलालीको टिकापुरमा अपत्यारिलो घटना घट्न पुग्यो । टिकापुर घटना नियोजित थियो कि आकास्मिक भन्ने विषय एउटा पाटो हो । तर, प्रहरीले पूर्व तयारी र सुरक्षा सतर्कता नअपनाउँदा घटना घटेको देखिन्छ । जब प्रहरीमाथि चारैतिरबाट घेराबन्दी गरेर आक्रमण शुरु भयो तब प्रहरीसँग भएको लाठीहरु बेकाम भए । अश्रुग्यासले केही काम गरेन । हतियार विहीन अवस्था बन्न पुग्यो ।kalali-danga-1
यस्तो अवस्था अन्त्य गर्दै प्रहरीलाई उच्च मनोवलको साथ अगाडि बढाउनको लागि सरकारले प्रभावकारी नीति ल्याउनु पर्छ । प्रहरीमाथि हुने अनावश्यक राजीतिक करण बन्द गरिनुपर्छ । कैलाली घटना जस्तै घटना अन्य क्षेत्रमा घट्न नदिने विषयमा पनि सरकार चनाखो हुनुपर्छ । घटनामा संलग्न दोषीलाई कारवाही गर्ने काममा पनि राजनीतिककरण नहोस् । किनकी कैलाली घटना मानवता विरोधी निर्मम घटना हो । घटनामा संलग्न दोषीलाई कडा कारवाही हुनुपर्छ । तर, हालसम्म ठोस कदम नचालिंदा देशका लागि प्राण आहुती दिने वीर प्रहरीको परिवारमाथि अझै पीडा थप्नु बाहेक अरु केही पनि नहुन सक्छ । त्यसैले प्रहरी र आन्दोलनमा मारिएका आन्दोनकारीलाई एक मुष्ठ सहिद घोषणा गरेर देशका लागि लड्ने प्रहरीको अपमान नगर ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर