Aamsanchar

प्रखर फोटोग्राफर विकास बस्नेतले घडियालको बारेमा यस्तो लेखेका छन

Author Image
शनिवार, जेठ ३२, २०७६

यो संकटापन्न सरिसृप हो । आफ्नो प्रजातीको स्वर्ण युगको अनुपातमा अब जम्मा दुई प्रतिशत बाँकी १ उत्तर भारत र नेपालका केही नदी प्रणालीका यी रैथाने हुन ।
नदी किनारमा हुर्केका सभ्यताका मान्छे र तिनको संस्कृतिको अभिन्न अंग १ आज भन्दा ४५०० देखि ४००० बर्ष अगाडी परिपक्व भएको सिन्धुघाटी सभ्यतामा पाएका दर्जनौं शिलालेख, मोहोर र छापहरुमा यसको आकृती कुँदिएको छ । त्यही सभ्यताको फर्टिलिटी कल्टु मा यसलाई प्रजनन सामर्थ्यको प्रतीक मानिन्थ्यो

भाले घडियालको लामो थुतुनोलाई लिङ्गको प्रतीक मान्ने त्यही प्रचलनले मान्छेहरुले यौन क्षमता बढाउन यसको सिकार गर्न थाले । निसन्तान आमाहरुले सन्तान प्राप्तिको लागी घडियालको पुजा गर्दै आफ्नो पहिलो सन्तान चढाउने भाकल केही शताब्दी अघि सम्म प्रचलनमा थियो भारतमा । 

फोटो :  विकास बस्नेत

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर