Aamsanchar

चीनमा गएको भूकम्पमा परि १२ को मृत्यु

Author Image
मङ्गलवार, असार ३, २०७६

चीनको सिचुआन प्रान्तमा आएको भुकम्पका कारण कम्तिमा १२ को मृत्यु भएको छ । सोमबार राति स्थानीय समयअनुसार १० बजेर ५५ मिनेटमा ६ रेक्टर स्केलको र मंगलबार बिहान ५.३ रेक्टर स्केलको भुकम्प आएको हो ।

राष्ट्रिय खाद्यमन्त्रालयले ५ हजार टेन्ट १० हजार फोल्डिंग बेड र २० हजार सिरक पीडितहरु रहेको क्षेत्रमा पठाइसकेको छ । भुकम्पमा परी करिब १३४ भन्दा बढी घाइते भएकाे त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

भुकम्पग्रस्त क्षेत्रमा उद्वारका लागि ६३ दमकल र ३०२ दमकलकर्मीहरुलाई समेत खटाइएको छ । प्रान्तीय राजधानी चेंगदुमा चेतावनी प्रणालीले भुकम्प आउनु भन्दा एक मिनेट अगाडि जानकारी गराएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर