Aamsanchar

लुले भारतमा सयभन्दा बढीको मृत्यु

Author Image
मङ्गलवार, असार ३, २०७६

पटना : भारतको बिहारमा अत्यधिक गर्मी र लुका कारण राज्यभरका सबै विद्यालय बन्द गरिएको छ। गर्मीले बिहारमा तीन दिनमा १३८ जनाको मृत्यु भएको छ। अस्पतालमा गर्मीले पीडित सयौं विरामी भर्ना भएका छन्। प्रान्तीय राजधानी पटना समेत प्रमुख शहरको तापक्रम ४५ डिग्री सेल्सियस पुगेको छ।

शिक्षा मन्त्रालयले भनेको छ, ‘राज्यमा देखिएको अत्यधिक गर्मीलाई ध्यानमा राखी सबै विद्यालय जुन २२ सम्म बिदा दिइएको छ। त्यसपछि आवश्यकताअनुसार बिहान स्कुल चलाउन अनुरोध छ।’

भीषण गर्मीका कारण गयामा द्दारा १४४ लागू गरिएको छ। उक्त नियमअन्तर्गत ४ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा हुन प्रतिबन्ध लगाइएको छ। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सरकारी, गैरसरकारी निर्माण कार्य लगायतका काम गर्न नपाइने भएको छ। खुला ठाउँमा कुनै किसिमका सांस्कृतिक कार्यक्रम गर्न वा एकत्रित हुन प्रतिबन्ध लगाइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सोमवार नालन्दामा ५ र औरंगाबादमा ४ जनाको लुबाट ज्यान गएको छ। आइतवार मात्रै विहारमा ११४ जनाको ज्यान गएको थियो भने शनिवार ६१ के मृत्यु भएको थियो। सबैभन्दा बढी मृत्यु हुनेमा औरंगाबाद, नवादा, पटना, पूर्वी बिहार, रोहतास, जहानाबाद र भोजपुर जिल्लाका बासिन्दा छन्। गया, नवादा र औरंगाबादका अस्पतालमा ३ सयभन्दा बढी व्यक्ति भर्ना भएका छन्। विरामीको संख्या बढ्नाले अस्पतालमा ठाउँ अपुग हुने सम्भावना बढेको छ। लुले मर्नेमा ६० वर्षभन्दा बढी उमेरका व्यक्ति रहेका छन्। विहार सरकारले गर्मी प्रभावित जिल्लामा थप डाक्‍टर खटाउन शुरु गरेको छ। खानेपानी पु¥याउन ठाउँठाउँमा ट्यांकर पठाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर