Aamsanchar

अर्जुनधारामा स्वास्थ्य जीवन अभिमुखिकरण

Author Image
बुधवार, असार ४, २०७६

अर्जुनधारा।

“स्वास्थ्य नागरिक समृद्ध नेपाल” भन्ने मुख्य नारासहित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाको आयोजनामा स्वास्थ्य जीवन कार्यक्रम अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वमंसेवीका र सञ्चारकर्मीहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रमको उद्धेश्य स्वस्थ्य व्यक्तिको स्वास्थ्यको रक्षा एवम् रोगको निर्मुलीकरण गर्ने रहेको बताइएको छ ।

सहजकर्ताद्धय केन्द्रका प्रमुख डा. रवीन्द्र निरौला र कविराज टेकनाथ अर्यालले सहजिकरण गरेको कार्यक्रममा ८० जना भन्दा बढीको सहभागीता रहेको नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

कार्यक्रममा सहभागीहरुलाई स्वास्थ्य जीवन कार्यक्रमको परिचय, उद्धेश्य, कार्यक्रमले समेट्ने विषयहरु, जीवनशैली, खानपानमा के जान्न जरुरी छ ?, स्वास्थ्यको लागि के गर्नेलगायतका विषयमा जानकारी गराइएको थियो ।

डा. निरौलाको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य नगर स्वास्थ्य शाखा प्रमुख बस्नेतले गरेका थिए । कार्यक्रमको सञ्चालन केन्द्रका वैद्य निरीक्षक मनोज पण्डितले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर