Aamsanchar

करेन्टले हात गुमाएपछि सहयोगको अपिल

Author Image
बुधवार, असार ४, २०७६

भद्रपुर।

करेन्ट लागेर गम्भीर घाइते भएका भद्रपुर नगरपालिका –५ स्थित मेचीकिनार बस्ने १८ वर्षीय राजु साहको उपचार खर्चमा सहयोग पुर्याइ दिन उनका परिवारजनले आग्रह गरेका छन् ।

बिजुलीको काम गरी परिवार पाल्दै आइरहेका साहलाई बैशाख ११ गते हाइटेन्सन तारबाट करेन्ट लागेको थियो । भद्रपुर –५ स्थित बधशाला अगाडि एउटा विवाह पण्डालमा बिजुलीको तार जोड्ने क्रममा सडक पोलको हाइटेन्सन तारबाट उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको दायाँ हात र खुट्टासहित शरीरको विभिन्न भाग जलेको थियो ।

मेची अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि सोही दिन विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो । घाइते साहको अवस्थामा नाजुक नभएपछि नोबेलका चिकित्सकले उनको एउटा हात काटि दिएको छ । राजुको परिवारमा आमा लखिया र दुई जना बहिनी छन् । बुबा अर्को विवाह गरेर बेग्लै बस्दै आएका छन् । आर्थिक अवस्था अत्यन्त कमजोर भएका राजुको उपचारमा अहिलेसम्म १० लाख रुपैयाँ खर्च भइसकेको उनकी आमा लखियाले बताइन् ।

स्थानीयको सहयोगमा अहिलेसम्म रकम जुटाएर छोराको उपचार गराइरहेका छांै’–उनकी आमा लखियाले भनिन्– उपचारमा थप १० लाख रुपैयाँ लाग्ने चिकित्सकले जानकारी गराएकोले सबै समक्ष आर्थिक सहयोगको अपिल गर्दछौं ।

यसैबीच भद्रपुरमा युवाहरुको एक भेलाले राजु साह उपचार संकलन समिति गठन गरेको छ । स्थानीय दिलीप भुइँमालीको संयोजकत्वमा ११ सदस्यीय उपचार संकलन सहयोग समिति गठन गरेको हो । संयोजक भुइँमालीका अनुसार अस्पतालमा रहेको साढे चार लाख अझै तिर्न बाँकी रहेको छ, थप उपचारका लागि १० लाख चाहिन्छ, त्यही भएर समिति गठन गरेका छांै ।

राजुको एउटा हात काटिसकेको छ– उनले भने–खुट्टा पनि काट्नु पर्ने चिकित्सकले बताएका छन्, परिवारसंँग पैसा छैन, त्यही भएर आर्थिक संकलनमा युवाहरु जुटेका हौं । उनको उपचारका लागि बैंक खाता नम्बर ०३९०५८७४९९२०५००१ मा उपचारका लागि आर्थिक सहयोग गरि दिनुहुन संयोजक भुइँमाली समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर