Aamsanchar

कुवेतमा मृत्यु भएकी झापाकी सुमित्राको परिवारलाई सम्पर्कमा आउन दूतावासको आग्रह

Author Image
शनिवार, असार ७, २०७६

काठमाण्डौ,

घरेलु कामदारको रुपमा कुवेत पुगेकी झापाकी ४१ वर्षीया सुमित्रा जबेगु लिम्बूको ज्यान गएको तीन हप्ता बितिसक्दा समेत शव नेपाल ल्याउन सकिएको छैन । लिम्बूको परिवार र आफन्तसँग सम्पर्क हुन नसक्दा शव नेपाल पठाउन नसकिएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

बिरामी भएपछि उपचारको लागि भर्ना गरिएकी सुमित्राको उपचारको क्रममा जेठ १४ गते ज्यान गएको थियो । उहाँ ६ वर्षअघि श्रम स्वीकृति लिएर घरेलु कामदारको रुपमा कुवेत पुग्नुभएको दूतावासले जनाएको छ ।

पाँचथर जिल्लाबाट सन २०१३ फेब्रुवरी २७ मा जारी गरिएको राहदानीमा सुमित्राको भाइको नाम नैना लिम्बू र स्थायी ठेगाना महाभारा ३ झापा उल्लेख छ । तर परिवारसँग अझै सम्पर्क हुन नसकेको दूतावासले जनाएको छ ।

नेपाली दूतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादुर मगरले भन्नुभयो, ‘मृतक सुमित्राको शवलाई नेपाल पठाउने सबै कानुनी प्रक्रिया पूरा भैसकेको छ । तर परिवार वा आफन्त कोहीसँग सम्पर्क हुन नसक्दा शर्व नेपाल पठाउन सकिएको छैन ।’

सुमित्रा या उहाँको परिवार र आफन्त चिन्नेहरुले नेपाली दूतावास कुवेतको हटलाइन नम्बर ००६५ ९८८६९१२१ मा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।-उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर