Aamsanchar

लोक सेवाको फाराम भर्ने साढे दुई लाख

Author Image
आइतवार, असार ८, २०७६

काठमाडौँ।

लोकसेवा आयोगले स्थानीय तहमा रिक्त नौ हजारभन्दा बढी पदका लागि माग गरेको विज्ञापनका लागि शनिबार दिउँसोसम्म साढे दुई लाखभन्दा बढीले फाराम भरेका छन् । असार ३ गतेसम्म फाराम भर्ने मिति तोकिएकोमा अनलाइन फाराम भर्न केही समस्या आएपछि आयोगले असार १० गतेसम्मका लागि अवधि थप गरेको छ ।

शनिबार दिनको साढे ३ बजेसम्म दुई लाख ५५ हजार ७२६ परीक्षार्थीले अनलाइन फाराम भरेका छन् । जसमध्ये दुई लाख ५२ हजार ७६३ खुला, ६१ हजार ८०० महिला, २७ हजार ५०४ जनजाति आदिवासी, १६ हजार २५२ मधेसी, एक हजार ९७४ दलित, १०२ अपाङ्गता भएका र ८३ पिछडिएको क्षेत्रबाट फाराम भरेको जानकारी आयोगका प्रवक्ता किरणराज शर्माले दिनुभयो ।

प्रदेशबाट पनि कर्मचारी माग

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एवं सहसचिव भूपाल बरालले कर्णाली प्रदेश सरकारले पनि रिक्त रहेका दरबन्दीमा विज्ञापनको प्रक्रिया सुरु गर्न पत्राचार गरेको छ । त्यहाँको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयसहित रिक्त दरबन्दी पूर्तिका लागि माग भएको हो ।

मन्त्रालयले स्थानीय तहका लागि सुरुमा ५१५ वटा स्थानीय तहको रिक्त दरबन्दीको विवरण आयोगमा पठाएपछि विज्ञापन भएको थियो । यो विज्ञापनमा समावेशीको विवाद भएपछि दोस्रो चरणको विज्ञापन नै हुन सकेको छैन ।

सर्वोच्चको फैसला पर्खंदै

कुल ७५३ स्थानीय तहमध्ये ५१५ स्थानीय तहमा रिक्त करिब नौ हजार पदका लागि गरेको विज्ञापन भएपछि त्यसमा समावेशी प्रश्न उठाएर सडकमा विरोधदेखि सर्वोच्चमा मुद्दासमेत विचाराधीन छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर