Aamsanchar

मकवानपुरको मनहरीमा झाडाबान्ताको प्रकोप

Author Image
आइतवार, असार ८, २०७६

हेटौँडा,

मकवानपुरको मनहरी गाउँपालिकाको दुई वटा वडामा झाडाबान्ताको प्रकोप फैलिएको छ । गाउँपालिकाको ८ र ९ नम्बरको सिमपानी तथा ज्यामिरे क्षेत्रमा एक हप्तादेखि झाडाबान्ता फैलिएको हो ।

वडा नम्बर ९ मा एक साताअघि केही व्यक्तिलाई सामान्य पखालाको समस्या देखिएको र त्यसको केही समयपछि ८ र ९ नम्बर वडामा क्रमिक रुपमा बिरामीको सङ्ख्या वृद्धि भएपछि प्रकोपको रुप लिएको प्राथमिक स्वास्थ्य केन्द्र मनहरीका बरिष्ठ स्वास्थ्य सहायक शिवराम बानियाँले बताउनुभयो ।

हाल दैनिक रुपमा २५ जनाभन्दा बढी बिरामी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मनहरी आउने गरेको उहाँले जानकारी दिनुभयो । तीमध्ये दैनिक रुपमा सात जनाभन्दा बढी सिकिस्त बिरामी आउने गरेको र तिनीहरुलाई सूईबाट औषधि दिनुपरेको बानियाँले बताउनुभयो ।

प्रकोपलाई नियन्त्रणमा लिन गाउँपालिकाले रोगको पहिचानको लागि पानीको नमूना सङ्कलन गरी खाद्य प्रयोगशाला हेटाँैडामा पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र मनहरीले जनाएको छ । बिरामीको दिसाको नमूना सङ्कलन गरी रोगको पहिचान गरिने उहाँले बताउनुभयो ।

सुख्खायामको समय भएकाले पानीको मुहान सुक्ने र जीवजन्तुहरु पानीको खोजीमा जाँदा जीवजन्तुबाट किटाणु सरी झाडावान्ता फैलिएको हुनसक्ने बानियाँको भनाइ छ । नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य केन्द्रले विभिन्न किसिम औषधि निःशुल्क रुपमा वितरण गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर