Aamsanchar

कालीगण्डकीमा नदीजन्य पदार्थ उत्खनन रोक्ने निर्णय

Author Image
आइतवार, असार ८, २०७६

पर्वत,

पर्वतको जलजला गाउँपालिकामा भदौ १५ सम्म कालीगण्डकीबाट नदीजन्य वस्तु उत्खननमा रोक लगाइएको भएको छ ।

गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले असारदेखि भदौ १५ सम्म नदीमा उत्खनन पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो ।

यसअघि कालीगण्डकी नदीमा गाउँपालिकाकै मिलेमतोमा नदीबाट स्काभेटर प्रयोग गरी ढुङ्गा, गिट्टी, बालुवाको अवैध उत्खनन भएको आरोप खेप्दै आएको जलजला गाउँपालिकाले यसपटक वर्षायामका तीन महीना पूर्णरुपमा उत्खनन रोक्ने निर्णय गरेको हो ।

पर्वतमा नदीजन्य पर्दाथको सबैभन्दा बढी उत्खनन हुने जलजला गाउँपालिकाभित्र असार, साउन र भदौमा नदीबाट स्काभेटर प्रयोग गरेर बढी मात्रामा बालुवा उत्खनन हुँदै आएको थियो ।

वर्षायाममा नदीजन्य पदार्थ उत्खनन गर्न ऐन कानूनले समेत रोक लगाएका कारण यसलाई पूर्णरुपमा कार्यान्वयन गर्ने निर्णय भएको हो गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताउनुभयो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)