Aamsanchar

अलैँची रोप्ने चटारोमा किसान

Author Image
मङ्गलवार, असार १०, २०७६

लमजुङ,

मकै थन्क्याउन र धान रोप्न व्यस्त भइरहेका बेला यहाँका अलैँची किसान भने बिरुवा रोप्ने चटारोमा छन् । जिल्लामा यतिबेला अलैँचीका बिरुवा लगाउने मौसम भएकाले किसानलाई बिरुवा रोप्ने चटारो भएको हो । बेंसीशहर नगरपालिका– १० खाँचेका सोमबहादुर तामाङले जेठको २९ गतेदेखि अलैँचीका बिरुवा लगाउँन थाल्नुभएको हो । करीब ४० रोपनी क्षेत्रफलमा अलैँची रोप्ने तयारी उहाँले गर्नुभएको छ । अहिलेसम्म ४५ हजार बिरुवा रोपिसकेको र अझै १० हजार बिरुवा रोप्न बाँकी रहेको तामाङले बताउनुभयो ।

खाँचेकै धर्मराज गुरुङ पनि बिरुवा रोप्न व्यस्त हुनुहुन्छ । उहाँले २५ रोपनी क्षेत्रफलमा ३५ हजार अलैँचीको बिरुवा लगाइसकेको बताउनुभयो । अझै ३०÷३५ रोपनीमा ५० हजार बिरुवा रोप्नुपर्ने छ । साउनसम्म अलैँची लगाइसक्ने किसान गुरुङले बताउनुभयो । उहाँहरु जस्ता अलैँची किसान यतिबेला सबै अलैँचीका बिरुवा रोप्नमा व्यस्त हुनुहुन्छ । लुदी, छिनखोला, नयाँगाउँ, घाम्राङ, पसगाउँलगायत जिल्लाका अधिकांश क्षेत्रमा अलैँची लगाउँदै आएका किसान बिरुवा रोप्नमा व्यस्त भएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक एवं लमजुङ शाखाका अध्यक्ष अजय तामाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रत्येक वर्ष जेठ महीनाबाट साउन महीनासम्म बिरुवा लगाउने गरिन्छ । बिरुवा लगाउने मौसम भएकाले जिल्ला र जिल्ला बाहिरबाट बिरुवाको उच्च माग भइरहेको छ ।”यसवर्ष प्रति नर्सरी बिरुवाको मूल्य पाँच रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा प्रति बिरुवा दुई रुपैयाँले कम भएको छ । जिल्लामा साउन्ने, जिर्मले, डम्बरशाही गोलशाही, रामशाही र भलाङे जातका बिरुवा लगाउँदै आएको अध्यक्ष तामाङले भन्नुभयो ।

किसान ले जिल्लामा रामसाई र गोलसाई जातका अलैँची बढी लगाउँदै आएका छन् । एक हजार ५६ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिँदै आए पनि ६५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादित ७५० क्विन्टल अलैँची दाना बिक्रीबाट किसानले रु पाँच करोड २५ लाख आम्दानी गरेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर