Aamsanchar

बन्दका कारण झापासहित देशभरको जनजीवन प्रभावित

Author Image
मङ्गलवार, असार १०, २०७६

झापा,

सालार्हीमा आफ्ना कार्यकर्ताको हत्याको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण मंगलबार झापासहित देशभरको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण झापाको कांकरभिट्टा, धुलाबारी, बिर्तामोड, चन्द्रगढी, दमक लगायतका शहरहरु बिहानैदेखि बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बन्दका कारण यातायात सञ्चालन हुन नसक्दा गन्तव्य तर्फ हिडेका यात्रु अलपत्र परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बन्दका कारण विद्यालय बन्द रहेको जनाइएको छ ।

यसैबीच विप्लव माओवादीले झापाको कनकाई नदीको पुलमा राखेको प्रेसर कुकर बम सेनाको टोलीले डिस्पोज गरेको छ । मंगलबार बिहानै कनकाई पुलमा प्रेसर कुकर बम फेला परेको थियो ।

त्यसपछि पुगेको सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रुपमा बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापामा प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको जनाएपनि सोमबार ्राती भद्रपुर नगरपालिका परिसरमा नै बक फेला परेको थियो । उक्त बमलाई सेना डिस्पोज गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर