Aamsanchar

न्यायिक समितिमा जग्गा विवाद

Author Image
मङ्गलवार, असार १०, २०७६

काठमाडौँ ।

बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ ।

समिति गठन भएयता ७२ उजुरी दर्ता भएकामा १५ वटा जग्गा विवादको उजुरी परेको छ । अधिकांश उजुरीहरु साँध सिमाना, एक जनाको हकको जग्गा अरूबाट भोगचलन गरेको, एउटाकोे जग्गा अर्कैले मिचेको जस्ता उजुरी न्यायिक समितिमा पर्ने गरेको उपप्रमुख रमादेवी राईले बताउनुभयो ।

उहाँका अनुसार चालू आर्थिक वर्ष २०७५÷७६ मा ७२ वटा उजुरी दर्ता भएकामा १५ वटा जग्गाा विवाद, ठगी–लेनदेनको दुई, घर बहालसम्बन्धी आठ, पारिवारिक विवादको ११, ध्वनि प्रदूषणका दुई र अन्य विविध १७ उजुरी दर्ता भएको बताउनुभयो ।

यस अवधिमा आठ वटा मुद्दा मिलापत्रको मध्यमबाट टुङ्ग्याइएको छ । दुई उजुरी अदालत पठाएको, एउटा निर्णय भएको छ । अर्काे एउटा निर्णयउपर पुनरावेदन गएको छ ।

त्यस्तै मुल्तबी चार थान र अन्य निर्णय भएको १८ उजुरी रहेको छ । नगरपालिकामा आउने उजुरीहरु सबै लिखित रुपमै आउने गरेका छन् । उपप्रमुख राईको संयोजकत्वमा रहेको समितिमा दुई जना कानून व्यवसायी सदस्य रहेका छन् । समितिले यहाँ दर्ता भएका मुद्दाको सुनुवाइका लागि प्रत्येक मङ्गलबार र शुक्रबार इजलास राख्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)