Aamsanchar

मकालु गाउँपालिकालागि सेनाको हेलिकप्टरबाट राहत सामग्री ढुवानी

Author Image
मङ्गलवार, असार १०, २०७६

सङ्खुवासभा,

सङ्खुवासभाको मकालु गाउँपालिकाको पेपुवाका बाढीपहिरोले विस्थापितका लागि  तुम्लिङ्टार विमानस्थलबाट नेपाली सेनाको हेलिकप्टरमा राहत सामग्री ढुवानी गरिएको छ ।

आइतबार प्रतिकूल मौसमका कारण राहत सामग्री ल्याउन सकिको थिएन । मकालु गाउँपालिकाका उपाध्यक्ष चमेली राईका अनुसार गाउँपालिकाले ११७ बोरा चामल, १२ बोरा दाल, १०० किलो नुन र ७२ थान त्रिपाल खरीद गरेको थियो ।

पहिरोबाट मकालु–५, पेपुवाका चार गाउँका २९ परिवार विस्थापित भएका छन् । २२ घर उच्च जोखिममा रहेको राईले बताउनुभयो । विस्थापित २९ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गरिएको हो । ती परिवारका वृद्धवृद्धा र बालबालिकालाई हेलिकप्टरबाट गाउँपालिकाको केन्द्र ल्याइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)