Aamsanchar

यौन सम्बन्धी केहि भ्रमहरु

Author Image
मङ्गलवार, असार १०, २०७६

एजेन्सी ।

तपाईंको यौन जीवनलाई सजिलो गराउनका लागि यहाँ केहि भ्रमहरु प्रस्तुत गरिएका छन् जसलाई तपाईंले हजार पटकभन्दा बढि सुनिसक्नुभएको हुनुपर्छ तर कुनै पनि पुष्टि भएका छैनन् । तपाईंको यौन जीवनलाई सजिलो गराउनका लागि यहाँ केहि सेक भ्रमहरु प्रस्तुत गरिएका छन् जसलाई तपाईंले हजार पटकभन्दा बढि सुनिसक्नुभएको हुनुपर्छ तर कुनै पनि पुष्टि भएका छैनन् ।

। यो मेरो पहिलो पटक हो, म गर्भवती हुदिनँ पुरानो सोच भएका गृहिणीहरु भन्ने गर्छन् कि कुनै पनि महिला पहिलो पटकको यौन सम्पर्कमा नै गर्भवती हुदिँनन् । सत्य कुरा के हो भने महिला कुनै पनि समयमा गर्भवती हुन सक्छिन् चाहे त्यो उसको पहिलो, दास्रो, तेस्रो पटक नै किन नहोस् । सुरक्षित हुन चाहनुहुन्छ भने कण्डमको प्रयोग गर्नुहोस् ।

। स्खलनपूर्व नै उसले निकालेको थियो त्यसैले म सुरक्षित छु यो कुरा पनि सत्य होइन जब कुनै पुरुषको लिङ्ग सम्भोग गर्नको लागि तयार हुन्छ तब उसले तरल पदार्थ निकाल्न थाल्छ त्यसमा पनि सन्तान उत्पादन गर्ने वीर्य रहेको हुन्छ । यदि तपाईं बच्चा नजन्माउने सोचमा हुनुहुन्छ र असुरक्षित यौन सम्पर्क गरिरहनुभएको छ भने तपाईंले पिल्स खानु नै उपयुक्त हुन्छ ।

। कुमारित्व पातलो झिल्लिले निर्धारण गर्छ यस्तो कुरामा विश्वास गर्नु सबभन्दा मूर्खता हो । कुमारित्व बहन गर्ने भनिएको झिल्लि कुनै पनि बेला टुट्न सक्छ यसको यौनसम्पर्कसँग कुनै सम्बन्ध छैन । यो झिल्लि बढि व्यायाम गर्नाले, साइकल चलाउँदा, घोड सवारीमा र पौडी खेल्नाले पनि टुट्न सक्छ ।

। महिनावारीमा सम्पर्क राख्दा सुरक्षित भइन्छ यदि तपाईंलाई तत्काल सन्तानको चाहना छैन भने यस्तो कुरामा विश्वास गर्न बन्द गर्नुहोस् । गर्भ रोक्न कुनै पनि तरिका अपनाउनु भएको छैन भने महिला महिनाभर जुनसुकै समयमा पनि गर्भवती हुन सक्छिन् । याद राख्नुहोस् वीर्य यौनसम्पर्क राखेको धेरै दिनसम्म पनि बाँच्ने भएका कारण महिनावारीमा गरिएको सम्पर्कले पनि तपाईं गर्भवती हुनसक्नुहुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर