Aamsanchar

जिनस भइन् ‘मिस ग्रान्ड नेपाल’

Author Image
बुधवार, भदौ ८, २०७३

miss g

काठमाडौँ ।

‘मिस ग्रान्ड नेपाल–२०१६’ को उपाधि जिनस लामाले जित्नुभएको छ ।

यहाँ मङ्गलबार अबेर राति सम्पन्न प्रतियोगितामा उहाँले १० प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि जित्नुभएको हो । त्यस्तै, प्रतियोगितामा ‘फस्ट रनर अप’ पूजा श्रेष्ठ तथा ‘सेकेन्ड रनर अप’ ज्योत्स्ना महर्जन हुनुभयो ।

लुक्स इन्टरटेनमेन्टको आयोजनामा नेपालमा (औपचारिक रुपमा) पहिलोपटक भएको प्रतियोगिताका प्रतियोगीलाई अन्य विभिन्न उपविधामा समेत पुरस्कृत गरिएको थियो ।

प्रतियोगिताका विजेताले रु ५० हजार, दोस्रोले रु २५ हजार तथा तेस्रो हुनेले रु १० हजार प्राप्त गरे । त्यसैगरी, उपाधि विजेताले यसै वर्ष अमेरिकामा हुने ‘मिस ग्रान्ड इन्टरनेसनल’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउने छन् ।

सन् २०१५ की ‘मिस ग्रान्ड इन्टरनेसनल’ अस्ट्रेलियाली नागरिक क्लारी एलिजाबेथ पार्करले विजेताको ताज पहि¥याउनुभएको थियो ।

थाइल्यान्डमा स्थापना भएर क्रमशः विश्वव्यापी हुँदै गरेको प्रतियोगिता (मिस ग्रान्ड इन्टरनेसनल)का विजेताले मुख्यतः ‘युद्ध र हिंसा’विरुद्ध दूतको रुपमा काम गर्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर