Aamsanchar

संसदीय व्यवस्थाविरुद्ध हतियार उठ्ने चेतावनी

Author Image
बुधवार, भदौ ८, २०७३

 काठमाडौंः

Netra-Bikram-Chand-Biplav-57bd3067e0d128.23548001

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले संसद्वाद र संसद्वादीहरूले धोका दिएको भन्दै यस व्यवस्थाविरुद्ध हतियार उठ्ने चेतावनी दिएका छन् ।

कम्युनिस्ट न्युक्लियस, क्रान्तिकारी माओवादी, माओवादी केन्द्रलगायत पार्टी, समूह र व्यक्तिहरू नेकपा माओवादीसँग एकीकृत भएको कार्यक्रममा चन्दले भने, ‘माओको भनाइ सापटी लिएर भन्छु- हामीलाई युद्धको अन्त्यका लागि युद्ध र बन्दुकको अन्त्यका लागि बन्दुक बोक्न बाध्य पारिँदैछ ।’

जमलस्थित राष्ट्रिय नाचघरमा खचाखच नेता र कार्यकर्ताका बीचमा चन्दलेण् २१ औं शताब्दी साम्राज्यवादको अन्त्य र साम्यवाद स्थापनाको अवधि हुने लक्षणहरू देखिइरहेको दाबी गरे । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईलाई ‘क्रान्तिका दलाल, गद्दार, आत्मसमर्पणवादी र धोकेबाज’को संज्ञासमेत दिए ।

आफूहरूले जनयुद्धबाट मुलुकको शान्ति, समृद्धि र एकता चाहेको तर संसद्वाद र संसद्वादीहरूले धोका दिएको भन्दै चन्दले बारम्बार यो व्यवस्था र संविधानविरुद्ध आक्रोश व्यक्त गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर