Aamsanchar

भारतमा भएको बस दुर्घटनामा ३२ नेपालीको सकुशल उद्धार

Author Image
बिहिवार, असार २६, २०७६

नमुना फोटो गुगलबाट

बर्षा सुरु भएसंगै सवारी दुर्घटनाको घटना दिनहुँ जस्तो आईरहेको वेला भारतबाट नेपाल आउदै गरेको बस भारतमा पर्ने सारदा नहरमा खसेको छ . बसमा सवार गरेका मध्ये ३२ जना नेपाली नागरिकको जिवितै उद्दार गरिएको छ ।
बस खस्नासाथ पुगेको भारतीय प्रहरीले नेपाली नागरिकलाई जीवितै उद्धार गरेको थियो । भारतको शिमलाबाट दाङको लागि छुटेको बस बुधवार विहान करीब ५ बजे शारदा नहरमा खसेको टाइम्स अफ इंडिया आनलाइनले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा यो घटना भएको हो । टाइम्स अफ इंडियाका अनुसार उत्तरप्रदेशको फूलबेहड़ थानाका प्रहरीले सूचना पाए लगत्तै घटना स्थलमा पुगेर स्थानीयको सहयोगमा ३२ नेपाली र एक भारतीयलाई जीवितै उद्धार गरेको थियो ।

त्यस्तै नहरमा खसेको बसलाई् दुई क्रेनको साहयताले बाहिर निकालेको थियो । उद्धारमा खटिएका एक प्रहरी अधिकारीका अनुसार नहर आउनु भन्दा आगाडि एउटा मोडमा चालकले कुरा गर्दै बस लाई तीब्र गतिमा लैजान खोज्दा बस नियन्त्रण भन्दा बाहिर गएको बताए । त्यसपछि बस नहरको रेलिंगमा ठोक्किएर खसेको बताईएको छ । उद्धार गरिएका सबै नेपालीलाई उपचारपछि दाङ पठाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर