Aamsanchar

विप्लव समुहका मेची–कोशी ब्यूरो इन्चार्ज सहित ११ जना नेकपामा प्रवेश

Author Image
बिहिवार, असार २६, २०७६

काठमाडौं । विप्लव समुहका मेची–कोशी ब्यूरो इन्चार्ज सहित एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकता अनुसार विचार राजनीतिकलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको मोडेल दिने नेतृत्वको सपना भएको बताउनुभयो ।

पार्टी प्रवेश कार्यक्रममा नेता तथा कार्यकर्ताको नेतृत्व गरी आएका मेचीकोशी ब्यूरो सदस्य तथा झापा ब्यूरो इन्चार्ज सौगात आचार्यलाई विप्लव समुहले आर्थिक हिनामिना गरेको र पाटिको नीति विरुद्ध चंदा आतंक मचाएको पाएपछि कार्वाही गर्ने चेतावनी दिएपछि उनी करोडौं संकलन गरिएको रकम सहित फरार रहेको बताईएको छ ।

को ले गरे पाटी त्यागको घोषणा

पाटी प्रवेश गर्नेहरुमा मेचीकोशी व्युरो, झापा ईन्चार्ज सौगात आचार्य, सगरमाथा ब्युरो संखुवा सभा सेक्रेटरी छिरिङ शेर्पा, पाँचथर जिल्ला सचिवालयका विरेन्द्र मग्रान्ती, झापा जिल्ला सदस्य नारदमणी साम्पाङ, सोलुखुम्बु जिल्ला सदस्य नवराज ढकाल, झापा जिल्ला सदस्य सुरेन्द्र मिश्र, धनकुटा जिल्ला सदस्य एडी राई, सगरमाथा व्युरो सदस्य सोलु सेक्रेटरी वीरता खड्का, कोशी व्युरो सदस्य नवराज राई, संखुवासभा जिल्ला सदस्य प्रतिमान राई, युवा डिसिएम संखुवासभाका भरत चापागाइँ र युवा डिसिएम संखुवासभाका हरी चापागाइँले पाटी परिवर्तन गरेका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर