Aamsanchar

हल्दिवारी गाउँ पालिकाको चौथो गाउँ सभा सम्पन्न

Author Image
शुक्रवार, असार २७, २०७६

नेत्रबिक्रम विमली

हल्दिबारी, असार २७ । हल्दिवारी गाउँ पालिकाको चौथो गाउँ सभाले जम्मा २४ करोड ७७ लाख २१ हजारको बजेट अनुमोदन गरेको छ । गाउँ पालिका उपाध्यक्ष डम्बर बहादुर गिरिका अनुसार सिलिङ बाजेको रुपमा १,२ वडालाई ५०र५० लाख ३,४,५ वडालाई ४०र४० लाख रुपैया बिनियोजित गरिएको छ ।

हल्दिवारीको दृस्टी कृषि र पर्यटन मार्फत समद्दी भन्ने गाउँ पालिकाको दीर्घकालिन दृस्टीकोण सार्थक बनाउन ०७६र०७७ को नीति तथा कार्यक्रम ल्याएको गिरिले बताउनु भएको छ ।गाउँ पालिकाले आर्थिक बिकास अन्तरगत १ करोड ५० लाख रुपैया बिनियोजित गरेको छ । त्यस्तै सामाजिक बिकास तर्फ ४ करोड २० लाख ७७ हजार बिनियोजित गरिएको उपाध्यक्ष गरिले बताउनु भएको छ ।

उपाध्यक्ष गिरिका अनुसार पुर्वाधार बिकासमा १० करोड ५६ लाख ४४ हजार ,बन ,बाताबरण तथा विपद व्यवस्थापन तर्फ ५५ लाख , सस्थागत बिकास तथा सेवा प्रवाह तर्फ २० लाख रुपैया रकम बिनियोजन गरिएको छ ।

बजेटको पूर्णपाठ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)