Aamsanchar

शिखर बजारको कार्यक्रममा सयौंलाई उमंगीत बनाए प्रकास र शान्तिश्रीले

Author Image
आइतवार, असार २९, २०७६

चारपाने, असार २९ । झापाको विर्तामोडमा गलबन्दी लोक दोहोरी साझँ शनिबार सम्पन्न भएको छ । बिर्ताबजारमा रहेको शिखर ग्रुपबाट संचालित शिखर बजारको तेस्रो स्थापना दिवको अवसरमा उक्त दोहोरी साझँको आयोजना गरिएको थियो ।

शिखर बजारका अध्यक्ष दिपेन्द्र राउतको अध्यक्षता र बिर्तामोड नगरपालिका नगरप्रमुख धुब्रकुमार शिवाकोटीको प्रमुख आतित्थ्यमा भएको कार्यक्रमममा अहिलेका चर्चित गायक प्रकास सपुत र शान्तिश्री परियाले लोक दोहोरी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पंकज सिग्देल, सुमित पाठकले पनि गीत प्रस्तुत गरेका थिए । कार्यक्रमकै अवसरमा झापाका केही सफल उद्योगीहरु दिपेश ढकाल, रमेश निरौला, पुष्प आचार्य, घनश्याम चिमरियालाई लगायतलाई सम्मान गरिएको थियो । त्यसै गरी शिखर बजारकी कर्मचारी लक्ष्मी साहालाई सम्मान गरिएको थियो ।

गायक प्रकास सपुत र गायिका शान्तिश्रीले आधा दर्जन जती गीत गाएका थिए । उनिहरुले चर्चित गीत बोलमाया, गलबन्धी च्यातियो, रेसम फिरिरी लगायतका लोकप्रिय गीत प्रस्तुत गरेका थिए ।
साझँ ७ बजे झरीबर्षा हुदैगर्दा सुरुभएको कार्यक्रममा आठसय भन्दा धेरै दर्शको उस्थिती रहेको थियो । कार्यक्रमको संचालन रेडियो कर्मी मन नेङमाङले गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर