Aamsanchar

ग्यास्ट्रिक रोगीले ध्यान दिनुपर्ने ६ कुरा

Author Image
आइतवार, असार २९, २०७६

कागती पानी : 

पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ।

कार्बोहाइड्रेट

कम खाने : पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ।

दूध नपिउने : 

ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन। पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ। यसको सट्टा दही र अन्य दूधबाट बनेको परिकार खानु राम्रो हुन्छ।

प्रशस्त पानी पिउने :

लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ। तर पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्ड ड्रिङ्कको प्रयोग गर्नुहुँदैन। यसले पेटमा ग्यास बढाउँछ।

लसुन पानी :

बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ। उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ।

खाना समयमा खाने :

ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने। लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)