Aamsanchar

विप्लव समूहसँग वार्ता गर्ने सरकारको तीव्र तयारी, तीन सम्पर्क सूत्र

Author Image
सोमवार, असार ३०, २०७६

काठमाडौं ,

सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आआफ्नो विश्वासपात्र नेताहरुलाई परिचालन गरी विप्लव समूहलाई वार्तामार्फत राजनीतिको मूलधारमा ल्याउने तयारी गरेका हुन्।

स्रोतका अनुसार यसको जिम्म प्रधानमन्त्री ओलीले नेकपाका महासचिव विष्णु पौडल र तत्कालीन वार्ता संयोजक सोमप्रसाद पाण्डेलाई दिएका छन् भने पार्टीका अध्यक्ष दाहालले पूर्वगृहमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई र गृहमन्त्री थापाले नेकपाकै नेता एवं आफ्ना सल्लाहकार सूर्यप्रकाश सुवेदीलाई दिएको समाचार नागरिक दैनिकमा छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर