Aamsanchar

नेकपा झापाको इन्चार्ज, सहइन्चार्ज लगभग पक्का

Author Image
सोमवार, असार ३०, २०७६

झापा, असार ३० ।
लामो समयदेखि जिल्लामा जिम्मेवारी नतोकिदा पाटीको कार्यक्रम लगभग सुन्य नै भएको अवस्थामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले जिल्ला इन्चार्ज र सह ईन्चाजको नाम अन्तिम चरणमा पुर्याएको छ । कार्य विभाजनका बिषयमा पार्टी भित्र मतभेद भए पछि नेकपाले पुरानै जिल्ला इन्चार्जहरुलाई नयाँ जिम्मेवारी दिन लागेको नेकपा स्रोतले जनाएको छ ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले साविक कमिटीका जिल्ला इन्चार्ज र सहइन्चार्जलाई नै जिम्मेवारी दिनेगरी प्रस्ताव तयार पारेको नेकपाका एक नेताले बताए ।

जिम्मेवारी फाँडफाँट अनुसार पूर्व एमालेले ४४ जिल्लामा इन्चार्ज पाएको छ भने पूर्वमाओवादी केन्द्रको भागमा ३३ जिल्ला इन्चार्ज परेको थियो । एमालेले अध्यक्ष तोकिएकोे जिल्लामा माओवादी केन्द्रले सचिव लिएको थियो ।

अहिले इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउँदा एमालेले नेतृत्व लिएको जिल्लामा माओवादी केन्द्रको इन्चार्ज र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेले इन्चार्ज लिने सैद्धान्तिक समझदारी भएको नेकपा स्रोतले बताएको छ । सहइन्चार्जको हकमा पनि सोही मापदण्ड लागु हुने बताईएको छ ।

यो मापदण्ड अनुसार झापामा पुर्व माओबादी केन्द्रका झलकसिंह दर्लामी नेकपाको जिल्ला इन्चार्ज हुने निश्चित नै भएको छ भने सहइन्चार्जमा पुर्व एमालेका रविन कोइराला चयन भएका छन ।

 इन्चार्ज र सहइन्चार्ज  जिल्लाको सुची यस्तो छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर